हिजो घटेको सुनको मूल्य आज पनि घट्यो !

काठमाडौँ – आइतबार घटेको सुनको मूल्यमा सोमबार पनि सामान्य गिरावट आएको छ। आइतबार तोलामा मात्रै १ सय रुपैंयाले घटेको सुनको मूल्य सोमबार पनि १ सय रुपैंयाले घटेको हो।

यस गिरावटसँगै छापावाला सुनको मूल्य ९० हजार ७ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार नेपाली बजारमा आज तेजाबी सुनको मूल्य ९० हजार २ सय कायम गरिएको छ।

गत महिनामा सुनको मूल्य

गत महिनामा सुनको मूल्यमा राम्रै उतारचढाव भयो। माघ महिनामा सुन बढीमा ९३ हजार १ सय देखि कममा ९० हजार रुपैयाँ सम्ममा कारोबार भयो।

छापावाला सुन माघ ८ गते सबै भन्दा बढी महँगो भएको थियो। त्यस दिन सुन ९३ हजार १ सयमा कारोबार भएको थियो। त्यस्तै माघ २३ गते सुन महिनाकै सस्तो ९० हजारमा कारोबार भएको थियो।

चाँदीको मूल्य

सोमबार चाँदीको मूल्य भन्दा सामान्य रुपमा बढेको छ। चाँदीको मूल्य सोमबार तोलामा ५ रुपैंयाले बढेर १३ सय ४० कायम भएको छ। चाँदी माघ महिनामा कम्तीमा १२ सय ३० देखि बढीमा १४ सय सम्ममा कारोबार भएको थियो।

प्रकाशित : सोमबार, फागुन ०३, २०७७११:२७

अण्डाको घट्यो मूल्य