भोलि फागुन ४ गते मंगलबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् भोलिको राशिफल!

मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

दिनभर प्रतिकूलताको सामना गर्नुपर्नेछ। शारीरिक र मानसिकरुपले अस्वस्थताको अनुभव गर्नुहुनेछ। खर्चको मात्र बढ्नेछ। लगानी गर्नको लागि ध्यान राख्नुहोला। लेन-देन गर्न समय सम्हालेर गर्नुहोला। आध्यात्मिकता  प्रति रुचि अधिक रहनेछ । लाभको लालचमा नफस्नुहोला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आनन्दमय दिन रहनेछ। व्यापारमा  र आय वृद्धि हुनेछ। परिवार र मित्रसँग आनन्दमयको  वातावरण रहनेछ। नयाँ सम्पर्क र परिचय व्यापारको  क्षेत्रमा  लाभप्रद रहनेछ। छोटो यात्रा आनन्ददाई रहनेछ। पुरै दिन मनमा  उल्लास र प्रसन्नता भरा दिन रहनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

शारीरिक र मानसिकरुपले दिनभर प्रसन्नता छाईरहनेछ। व्यवसायिक क्षेत्रमा कार्यको प्रशंसा हुनाले कार्य  प्रति उत्साह बढ्नेछ । सामाजिक क्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ । परिवारसँग समय आनन्दपूर्वक बिताउनुहुनेछ।  व्यवसायमा  पदोन्नतिको सम्भावना रहेको छ। सरकारी क्षेत्रको कार्य पनि  सरलतापूर्वक सम्पन्न हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भाग्य वृद्धि हुनेछ। विदेश वा टाढाको देशबाट शुभ समाचार प्राप्त हुनेछ। छोटो यात्रा वा कुनै धार्मिक यात्राले मन प्रसन्न रहनेछ। शारीरिकरुपले स्वस्थ रहनुहुनेछ। मानसिक रुपले प्रसन्न अनुभव गर्नुहुनेछ। मित्र र परिवारसँग  दिन आनन्दसँग बित्नेछ। व्यावसायिक क्षेत्रमा लाभ प्राप्त गर्नुहुनेछ। आकस्मिक धनप्राप्तिको योग रहेको छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

स्वास्थ्य  प्रति अधिक ध्यान राख्नुहोला। स्वास्थ्यमा खर्च हुनेछ। घरको खान-पान गर्दा लाभदायक रहनेछ।  वैचारिक स्तरमा  नकारात्मकता छाईरहनेछ। आध्यात्मिकता  प्रति रुचि, ध्यान तथा जपले  उचित मार्गमा लग्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

 तपाईको लागि दिन शुभ रहेको छ। यश कीर्ति प्राप्त हुँदा सरलता रहनेछ। व्यापारको क्षेत्रमा आफन्तसँग सम्बन्ध सकारात्मकता बढ्नेछ । वस्त्राभूषणको खरिदले मन आनन्दित राख्नेछ। मित्रसँग यात्राको आनन्द लुट्न सक्नुहुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

स्वास्थ्य राम्रो रहनेछ। व्यवसायिक क्षेत्रमा लाभ हुनेछ।  परिवारसँग समय आनन्दपू्र्वक बिताउनुहुनेछ। बोलीमा ध्यान राअख्नुहोल। खर्चको मात्र बढ्नेछ । कार्यमा  सफलता  प्राप्त  गर्नुहुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

वाद-विवादमा नफ्स्नुहोला। सन्तानको विषयमा चिन्ता रहनेछ। विधार्थीले अभ्यासमा सफलता प्राप्त गर्नेछन्। शेयरमा लगानी नगर्नुहोला।   भविष्यको लागि आर्थिक योजना बानाउनु हुनेछ। परिश्रम अनुसार सफलता  प्राप्त हुनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मानसिकरुपले उत्साहको अभाव रहनेछ।  मनमा अशान्ति रहनेछ। पारिवारिक वातावरण क्लेशपूर्ण रहनेछ। परिवारसँग अनबन हुन सक्छ। धनहानि हुने योग रहेको छ। आमाको स्वास्थ्यको  विषयमा चिन्ता रहनेछ। छातीमा पीडा पनि हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मित्र र परिवारसँग आनन्दपूर्वक दिन समाप्त हुनेछ। कुन पर्यटन स्थलमा बसाई हुनेछ।  व्यवसायिक मान्छेको लागि समय अनुकुल रहेको छ।  प्रतिस्पर्धी परास्त हुनेछ । शारीरिक र मानसिक स्वास्थ्य बनिरहनेछ। आर्थिक लाभ होला। नयाँ कार्य शुभारम्भ गर्नुहुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मानसिक रुपले द्विधा का अनुभव हुनाले कुनै निश्चित निर्णय लिन कष्ट हुनेछ।  निरर्थक खर्चबाट बच्नुहोला। बोलीमा ध्यान राख्नुहोला। विधार्थीलाई अभ्यासमा समय मनको एकाग्रतामा अधिक जोर दिनुपर्ने हुनेछ।  कार्य सफलता प्राप्त हुन  विलंब हुन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

शारीरिक र मानसिक रुपले तपाईको स्वास्थ्य प्रसन्न रहनेछ। उत्साहपूर्ण वातावरण हुनाले नयाँ कार्यको प्रारम्भ गर्ने प्रेरणा मिल्नेछ।  पारिवारिक वातावरणमा  सुख-शान्ति बनिरहनेछ। मित्र र परिवारसँग बसाई हुन सक्छ। धनप्राप्तिको योग रहेको छ।  धार्मिक यात्रा अथवा धार्मिक कार्यको योग रहेको छ।

प्रकाशित : सोमबार, फागुन ०३, २०७७१९:१३

कस्तो रहला तपाईंको फागुन महिना ? हेर्नुहोस् यो महिनाको मासिक राशिफल !