मेष राशि

यो महिना तपाईंको लागि शुभ रहनेछ। आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन्। प्रेम सम्बन्ध अझ बलियो हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। नयाँ कार्य तथा व्यवसाय सुरु गर्नको लागि समय उत्तम रहेको छ। विशिष्ट व्यत्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। रातो रंग शुभ रहनेछ।
वृष राशि

यस राशिका मानिसको लागि यो महिना विभिन्न सफलता मिल्नेछ। रमणीय यात्राको सम्भावना छ। यात्रा रमाइलो र लाभदायक हुनेछ। कार्यक्षेत्रमा तपाईंको माँ-सम्मान बढ्नेछ। लगनशीलताका साथ काम गर्दा सफलता मिल्ने सम्भावना उच्च हुन्छ। तपाईंको आत्म-विश्वास बढ्नेछ। सेतो वा पहेंलो रंग शुभ रहनेछ।
मिथुन राशि

मिथुन राशिको लागि यो महिना त्यति शुभ नरहला। परिवारमा झै-झगडाको अवस्था उत्पन्न हुनसक्छ। सरकारी क्षेत्रमा पनि क्षति हुने सम्भावना रहेको छ। मध्य महिनाबाट शेयर बाजारबाट राम्रो सफलता मिल्नेछ। महिनाको अन्त्यतिर भने समय अनुकूल हुँदै जानेछ। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रबाट लाभ मिल्नसक्छ। सेतो वा हरियो रंग शुभ रहनेछ।
कर्कट राशि

नयाँ कार्य सुरु गर्नको लागि समय अत्यन्त शुभ रहनेछ। राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ प्राप्त हुनेछ। मधुर बोलीले छिटै अरुलाई प्रभावित पार्न सकिनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। परिवारमा सकारात्मक वातावरण रहनेछ। तपाईंको लागि यो महिना सेतो र निलो रंग शुभ साबित हुनेछ।
सिंह राशि

घरमा केहि शुभ कार्य सम्पन्न हुनसक्छ। कला क्षेत्रमा मन लाग्नेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछ। नयाँ कार्य सुरु गर्नको लागि पनि समय उत्तम रहला। रोकिएका कार्य सफलताका साथ सम्पन्न हुनसक्छ। सामाजिक र राजनैतिक कार्यमा बाधा आउनसक्छ। स्वास्थ्य तथा सौन्दर्य क्षेत्रमा धन खर्च हुनेछ। रातो रंग शुभ रहनेछ।
कन्या राशि

सामाजिक तथा धार्मिक कार्यमा संलग्न भइनेछ। शिक्षा क्षेत्रमा विशेष सफलता प्राप्त हुने सम्भावना देखिन्छ। विपरित लिंगीप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। अनावश्यक खर्च बढ्नेछ। कुनै महत्वपूर्ण लिनु अघि निकै सोच विचार गर्नुहोला। तपाईंको लागि यस महिना गुलावी रंग शुभ रहनेछ।
तुला राशि

तपाईंको लागि यो महिना मिश्रित फलदायी साबित हुनेछ। कुनै कार्यमा तपाईंको समय व्यर्थ जान सक्छ। यात्राको सम्भावना छ, यात्रा लाभदायक रहला। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कर्यक्षेत्रमा पनि तपाईंको निर्णयको सराहना गरिनेछ। पहेंलो वा सेतो रंग तपाईंको लागि शुभ रहनेछ।
वृश्चिक राशि

तपाईंको लागि यो महिना शुभ रहनेछ। सन्तानबाट शुभ खबर मिल्नसक्छ। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। आर्थिक लाभ मिल्ने सम्भावना उच्च रहेको छ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। रमणीय यात्राको योग रहेको छ। वाहन सुख मिल्नसक्छ। सेतो वा पहेंलो रंग शुभ हुनेछ।
धनु राशि

रोकिएका कार्य सरलताका साथ सम्पन्न हुनेछन्। तपाईको बोली वा स्वभावका कारण अरु मानिस प्रभावित हुनेछन्। व्यापार व्यवसाय क्षेत्रमा राम्रो सफलता हात पार्न सकिनेछ। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ साबित हुनेछ। लामो यात्राको सम्भावना रहेको छ। यात्रा सफल र लाभदायक रहनेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। कालो वा हरियो रंग शुभ साबित होला।
मकर राशि

कार्यक्षेत्रमा तपाईंको कामको सराहना हुनेछ। साथी-भाईबाट उपहार पाईन सकिन्छ। कला क्षेत्रमा रहेकाले विशेष सफलता प्राप्त गर्न सक्छन्। राजनैतिक कार्यमा सफलता मिल्ने सम्भावना उच्च छ। व्यापार व्यवसाय क्षेत्रमा समय अत्यन्त शुभ रहनेछ। नयाँ वस्त्र प्राप्त हुनेछ। तपाईंको लागि यो महिना हरियो वा सेतो रंग शुभ हुनेछ।
कुम्भ राशि

तपाईंको लागि यो महिना त्यति खास नरहला। स्वास्थ्यमा समस्या आउनसक्छ, विशेषगरी नाक तथा घाँटी सम्बन्धि समस्याले सताउन सक्छ। शिक्षा क्षेत्रमा पनि सोचे अनुरुप सफलता नमिल्दा मनमा निराशा छाउन सक्छ। प्रेम सम्बन्धि भने बलियो हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। घर ,जग्गा खरिद तथा बिक्रिको योग छ। पहेंलो तथा हरियो रंग शुभ रहला।
मीन राशि

तपाईंको लागि यो महिना सकारात्मक रहनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। परिवारमा सुख-शान्तिमय वातावरण महिनाभर नै रहनेछ। महिनाको उत्तरार्धबाट मानसिक चिन्ता बढ्न सक्छ। शेयर बाजारबाट नोक्सानी पनि हुनसक्छ। मनमा दुविधा रहनाले हातमा आएको काम पनि फुत्किन सक्छ, सजग रहनुहोला। तपाईंको लागि यो महिना सेतो रंग शुभ रहनेछ।

