“निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसक्यो”

बुटवल – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन कार्यक्रम अगाडि नबढाएको भन्दै निर्वाचन आयोगको आलोचना गर्नुभएको छ । सरकारले वैशाखमै चुनाव हुने दाबी गर्दै आए पनि निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कार्यक्रम अगाडि नबढाउनुले आयोगप्रति शंका गर्नुपर्ने अवस्था आएको देउवाको भनाइ छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार रुपन्देहीको भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोग चुनाव गराउन तयार छ कि छैन भनी प्रश्न गर्नुभएको हो । उहाँले अघि भन्नुभयो– ‘ओलीले वैशाखमा चुनाव गराउँछु भनेका छन् । निर्वाचन आयोगले किन भन्दैन? निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ ।’निर्वाचनको तयारी गर्न अदालतको निर्णय कुर्नुनपर्ने बताउँदै देउवाले यदि अदालतको निर्णय चुनाव नगराउने आयो भने (तयारी) बन्द गरे भइहाल्यो भन्दै उहाँले भन्नुभयो– ‘निर्वाचन आयोगले जनतालाई भन्नुप¥यो, ६ महिनाभित्र चुनाव गराएरै छाड्छु । कार्यतालिका किन प्रकाशित गर्दैन? दलहरुलाई किन चुनाव चिह्न दिँदैन निर्वाचन आयोगले ?’

नेकपाको झगडाले कांग्रेस पार्टीभित्रसमेत असर गरेको बताउँदै उहाँले कांग्रेसलाई नेकपाको झगडाको रमिता हेर्नु छैन भन्नुभयो सुर्य चिह्न नपाए ओलीले चुनाव नगराउने देउवाको आशंका छ । उहाँले आयोगलाई सुर्य चुनाव चिह्न एउटै रहेको भन्दै प्रचण्डलाई दिने कि ओलीलाई दिने छिटो निर्णय गर्न आग्रह गर्नुभयो ।
अदालतमा विचाराधीन मुद्दामा नेपाली कांग्रेसले यही गर भन्न नमिल्ने बताउँदै उहाँले अदालतको निर्णय कांग्रेसले शिरोधार्य गर्ने बताउनुभयो । संसद् पुनस्र्थापनाको बिषयमा पार्टीमा फरकफरक मत आएको भन्दै देउवाले कांग्रेस स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेकाले अदालतमा विचाराधीन मुद्दामा अदालतलाई दबाब दिन नहुने विचार व्यक्त गर्नुभयो । ‘अदालतले संसद् पुनस्र्थापना गर्छ भने पनि हामीलाई ठीक छ, चुनाव गर भन्छ भने पनि ठीक छ।’ –देउवाको भनाइ थियो । प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र चुनाव भइसक्नुपर्ने भन्दै सभापति देउवाले निर्वाचन आयोगले त्यसलाई बेवास्ता गरेको टिप्पणी गर्नुभयो ।

प्रकाशित : मङ्गलबार, फागुन ०४, २०७७०९:०२

टुहुरा तीन दिदीबहिनी, भोकले छटपटाउँदा माटो खान्छन् !