“पीएसजीलाई बार्सिलोनाले पक्का हराउँछ, हेरिरख्नुस्”

बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोमन आफ्नो टोलीले भोलि बिहान हुने पेरिस सेन्ट-जर्मेनसँगको च्याम्पियन्स लिग खेलमा जित हात पार्नेमा विश्वस्त छन्। पीएसजीसँगको भिडन्त अघि लालिगामा आलाभेजलाई ५-१ ले पराजित गरेको बार्सिलोना पछिल्लो समय राम्रो लयमा रहेको छ।

त्यो नतिजा २०२१ मा बार्सिलोनाको लगातार सातौँ लिग जीत हो, र यस्तोमा, कोमन आफ्नो टिम फ्रान्सेली च्याम्पियनसँगको भिडन्तका लागि तयार र विश्वस्त रहेको विश्वास गर्छन्। “हाम्रो टोलीले राम्रो गरिरहेको छ। हामी एकदम बलियो विपक्षीका साथ खेल्दै छौं तर पनि हामी यो कुरामा विश्वस्त छौं कि हामी यो खेल जित्न सक्छौं। “, कोमनले मार्कासँगको अन्तर्वार्तामा भने।

कोमनले भने, “हामी एकदम राम्रो स्थितिमा छौं र लगातार जितिरहेका छौं। हामीले जित्नेमा हामी ढुक्क छौं।” कोमनले गत सिजनको फाइनालिस्टसँगको खेलका लागि लालिगा खेलमा आफ्ना खेलाडीलाई विश्राम समेत दिएका थिए। सर्जियो बुस्केट्स, फ्रेन्की डी जोंग र ओस्कार मिन्गेजा सबैलाई कोमनले सब्सटिच्युट गरेका थिए र यी सबै खेलाडी पीएसजी विरुद्ध खेल्ने पक्का जस्तै छ।

आलाभेजसँग हाफ-टाइमपछि मैदानमा उत्रिएका पेड्री र डेमबेले पनि पहिलो रोजाईमा पर्ने सम्भावामा उच्च रहेको छ। बार्सिलोनाले पीएसजीसँग भोलि बिहान नेपाली समय अनुसार १:४५ मा खेल्दैछ। खेल बार्सिलोनाको होम क्याम्प नाउमा हुनेछ।

प्रकाशित : मङ्गलबार, फागुन ०४, २०७७१४:४३

एम्बाप्पे हिरो भएको खेलमा बार्सिलोनाको चाख्यो नमिठो हार !