ओली पक्राउ हुने दिन टाढा छैन: सुरेन्द्र पाण्डे [भिडियो सहित]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ पर्ने दिन आउन सक्ने बताएका छन्।

मंगलबार नेपाल कम्युनिस्ट पार्टी नेकपाको फेसबुक लाइभमा पत्रकार राजेश राईसँग कुरा गर्दै नेता पाण्डेले नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउ र रिहाको विषयलाई लिएर ओली पक्राउ पर्ने दिन पनि आउन सक्ने र त्यो समय धेरै टाढा पनि नरहेको बताएका हुन्। पाण्डेले नेतृ झाँक्रीलाई बोलेको कारणले मात्रै पक्राउ गर्ने र उनलाई थुनेर राख्न ओली सरकारको कुनै अधिकार नभएको बताएका छन्।

“रामकुमारीले बेलेकै कारणले उनी माथि आक्रमण गर्ने काशिस भयो, उहाँलाई थुनेर राख्ने अधिकार प्रहरी प्रशासन र ओली सरकारसँग थिएन्,” उनले भने। त्यस्तै, उनले प्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ पर्ने दिन धेरै टाढा नरहेको बताएका छन्।

“ओली पक्राउ पर्ने दिन आउँदैन भन्न सकिन्छ र ? आउन सक्छ नि। हिजो बर्मामा मिल्ट्रीले ‘कू’गर्दै त्यहाँको प्रधानमन्त्रीलाई नजरबन्द र थुनामा राखेका छन्। ओलीको पनि त्यस्तो दिन धेरै टाढा छैन।”

प्रकाशित : मङ्गलबार, फागुन ०४, २०७७१६:०५

राष्ट्रपतिद्वारा वसन्त श्रवण