चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडा मृत फेला, चालु आर्थिक वर्षमा मात्र मरे २४ गैंडा !

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडा मृ-त अवस्थामा फेला परेको छ । दुर्लभ प्राजती मानिने एकसिंगे गैंडा निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत गिद्धेनी पोष्ट नजिक नारायणी नदी छेउमा मृ-त फेला परेको हो ।

करिब ३० वर्षको भाले गैंडा मृ-त अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छन् । गैंडाको खागखुर भने सुरक्षित रहेको बुढो गैंडा ढिस्को उक्लने क्रममा पल्टेर उत्तानो परी ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ ।

निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्ममा मात्र २४ वटा गैंडा मरिसकेका छन् । ती मध्ये चार वटा चोरीशिकारीले शिकार भएका हुन् भने २० वटा गैंडाको प्राकृतिक कारणले मृ-त्यु भएको हो। पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैंडा रहेका मध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा छन् ।

प्रकाशित : मङ्गलबार, फागुन ०४, २०७७१७:११

आगामी शैक्षिक सत्र असारदेखि सुरु हुने !