ह्वात्तै सस्तो भयो सुन, आज ८ महिना यताकै सस्तो !

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य बुधबार घटेको छ। दुई दिन लगातार घटेपछि मंगलबार बढेको सुनको मूल्य बुधबार घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा १ हजार १ सय रुपैंयाले घटेको छ। जससंगै छापावाला सुनको मूल्य ८९ हजार ८ सय कायम भएको छ।

त्यस्तै बुधबार तेजाबी सुनको मूल्य भने तोलामा १ हजार ५० रुपैंयाले घटेको छ। जस पश्चात तेजाबी सुनको मूल्य नेपाली बजारमा ८९ हजार ३ सय ५० कायम भएको छ।

यस अगाडी छापावाला सुन आइतबार ९० हजार ८ सय, सोमबार ९० हजार ७ सय र मंगलबार ९० हजार ९ सयमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन आइतबार ९० हजार ३००, सोमबार ९० हजार २ सय र मंगलबार ९० हजार ४ सय रुपैंयामा कारोबार भएको थियो।

सुन ८ महिना यताकै सस्तो

बुधबार कायम भएको छापावाला सुनको मूल्य ८ महिना यताकै सस्तो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबारको मूल्य असार ४ गते यताकै कम हो। यस हिसाबले आज कायम भएको छापावाला सुनको मूल्य २ सय ४४ दिन यताकै कम रहेको छ। असार ४ गते छापावाला सुन ८९ हजार ८ सयमै कारोबार भएको थियो।

त्यस्तै बुधबार कायम भएको तेजाबी सुनको मूल्य भने असार २ गते यताकै सस्तो रहेको छ। तेजाबी सुन त्यस दिन ८९ हजार २ सय ६५ रुपैंयामका कारोबार भएको थियो।

असार महिना देखि लगातार उकालो लाग्न थालेको सुनको मूल्यले साउनमा रेकर्ड नै बनाएको थियो। साउन २३ गते सुन इतिहाँसकै महँगो १ लाख ३ हजार ५ सय रुपैयाँ सम्ममा कारोबार भएको थियो।

चाँदीको मूल्य

बुधबार चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैंयाले घटेर १ हजार ३ सय ४० कायम भएको छ।

 

प्रकाशित : बुधबार, फागुन ०५, २०७७११:४०

जापानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु