सडकबाट धक्का दिँदा खोल्सोमा लडेपछि घाँटी थिचेर मारिदिए: भागरथी हत्याका आरोपित दिनेशको बयान

बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टको ह-त्यामा संलग्न भनि पक्राउ परेका दिनेश भट्टले साविति बयानमा ह-त्या स्वीकार गरेका छन्। नाताले भागरथीका भाई पर्ने दिनेशले ह-त्या आफैले गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ। उनी स्कूलबाट टिफिन समयमा नै घर गएको कुरा खुलेपछि प्रहरीले आफ्नो अनुसन्धान दिनेश तर्फ केन्द्रित गरेको थियो।

दिनेश टिफिन समयमा विद्यालयमा भलिबल खेलेर घर तर्फ लागेको र सोहि समयमा घर फर्किएका भानदेव भट्ट र लिलाघर भट्टले उनलाई खोचलेक बजारमा भेटे । आफ्नो विद्यालयबाट करिब ५ मिनेट टाढा रहेको खोचलेक बजारमा उनीहरु तिनै जनाले भागरथीलाई पनि भेटे। भागरथीले उनीहरुलाई घर कतिबेला जाने भनेर सोध्दा भानदेब र लिलाधरले कपाल का’टेर मात्रै घर जाने भनेका थिए। त्यसपछि, भागरथी त्यहाँबाट घर हिँडेको प्रहरीले बताएको छ ।

भानदेब र लिलाधर सैलुन छिरे पनि दिनेश भने त्यहाँबाट भागरथी गएको करिब ५ मिनेटपछि घरतिर लागे । उनले यसअघि भने आफूले विद्यालयमा पुरै कक्षा पढेर आएको जस्ता झुटो बोलेका थिए।

“दिनेश विद्यालयबाट हिँडेको समय १:४५ बजे हो । भागरथी र तीनैजनाले खोचलेकमा १:५० मा भेटे । त्यसपछि घटनास्थल पुग्न झण्डै ४० मिनेट लाग्छ अर्थात २:३० को समय । दिनेश ३:२५ सम्म पनि उक्त घटनास्थलको नजिकै थिए । उनले घरमा भने स्कूलबाट पुरै कक्षा पढेर आएको र बाटोमा कसैलाई नदेखेको भएको भएपनि त्यो कुरा पत्याउन निकै कठिन छ,” प्रहरी स्रोत भन्छ।

प्रहरीको अनुसन्धानमा दिनेशले भनेका छन्, “म हाफ टाइममा विद्यालयबाट भलिबल खेलेर घर फर्किए । खोचलेकमा मेरो भागरथीसहित अन्य तीनजना साथीहरुसँग भेट भयो । उनीहरु भने कपाल का-ट्न थाले । म चाहिं त्यहाँबाट घरतिर लागे । त्यसपछि, मैले सिल्ल भन्ने ठाउँमा भागरथीलाई भेटे र म उनी भन्दा अगाडि लागे। घटनास्थलमा म भागरथी भन्दा अगाडी नै पुगिसकेको थिए । केही बेरमा भागरथी आउने बित्तिकै मैले उनलाई सडकबाट धक्का दिएर सानो खोल्सोमा लडाए । उ ल-डेर घा’इते भइन् । त्यसपछि, मैले घाँटी थि-चेर मा-रि’दिए । भागरथीको श-व दिनेशले बयानमा उल्लेख गरेको खोल्सामा भेटिएको थियो।

प्रहरी अनुसन्धानमा दिनेश घटनास्थल नजिकै ३:२५ सम्म रहेको खुलेको छ। तर उनले आफूलाई यसको बारेमा केहि थाहा नभएको पनि बताएका थिए। भागरथीकि आमाले छोरी आएकी हुन् र भनेर सोध्दा समेत दिनेशले आफूले नदेखेको बताएका थिए।

प्रकाशित : बुधबार, फागुन ०५, २०७७१३:३९

संविधानले प्रधानमन्त्रीलाई कुनै पनि विशेषाधिकार दिएको छैन