पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य, १ सय २५ नयाँ संक्रमित फेला !

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ज्याम जानेको सङ्ख्या शून्य रहेको छ । देशभर अहिलेसम्म काेराेनाबाट दुई हजार ५५ जनाकाे ज्यान गएकाेमा आज भने कसैको मृ-त्यु भएन ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा १ सय २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । बुधबार तीन हजार आठ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा १ सय २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा काेराेना भाइरसका कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ७० जना पुगेको छ ।

बुधबार कोरोना संक्रमणबाट मुक्त हुनेको सङ्ख्या ९१ जना रहेको छ । जससँगै नेपालमा काेराेना सङ्क्रमण निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार तीन सय ९४ पुगेको छ ।

हाल नेपालभर १ हजार ६ सय २१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ७४ जनाको सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित : बुधबार, फागुन ०५, २०७७१७:३४

भागरथीको हत्यामा संलग्न अभियुक्त सार्वजनिकः आफन्तद्वारा शव बुझ्न अझै अस्वीकार