अवहेलना मुद्दामा जबाफ दिन प्रधानमन्त्री सर्वोच्च जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन्। अवहेलना मुद्दामा लिखित जवाफ लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालत् जाने भएका हुन्।

सर्वोच्च अदालतमा आज ११ बजे प्रधानमन्त्री ओली आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्ने भएका छन्। प्रधानमन्त्री ओली विरुद्ध अवहेलनाको मुद्दा दर्ता भएको थियो। गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले ओलीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। प्रधानमन्त्री विरुद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको र बहसलाई तमासा भनेको भन्दै अवहेलनाको मुद्दा परेको हो।

वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै अवहेलना मुद्दा दायर गरेका थिए।

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल र ४ जना पूर्वप्रधानन्यायाधीशमाथि पनि अदालतको अवहेलनानै गरेको अभियोग छ। चार पूर्वप्रधानन्यायाधीशले भने यसअघि नै आ-आफ्नो लिखित जबाफ बुझाइसकेका छन्।

प्रकाशित : बिहिबार, फागुन ०६, २०७७११:२६

फोटोमार्फत विश्वसामु देशलाई चिनाउने लामिछानेको धोको