सर्वोच्चमा लिखित जवाफ बुझाएर फर्किए ओली

६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित भएका छन् । करिब ११:४५ मा सर्वोच्च अदालत प्रवेश गरेका ओली १२ बजे फर्किए ।

प्रधानमन्त्री ओली विरुद्ध अवहेलनाको मुद्दा दर्ता भएको थियो। गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले ओलीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। प्रधानमन्त्री विरुद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको र बहसलाई तमासा भनेको भन्दै अवहेलनाको मुद्दा परेको हो।

वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै अवहेलना मुद्दा दायर गरेका थिए।

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल र ४ जना पूर्वप्रधानन्यायाधीशमाथि पनि अदालतको अवहेलनानै गरेको अभियोग छ। चार पूर्वप्रधानन्यायाधीशले भने यसअघि नै आ-आफ्नो लिखित जबाफ बुझाइसकेका छन्।

प्रकाशित : बिहिबार, फागुन ०६, २०७७१२:१३

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने