प्रधानन्यायाधीश, न्यायाधीश र कानुन व्यवसायीलाई अपमान गरेको आरोप कुनै तथ्यमा आधारित छैन : प्रधानमन्त्री ओली [जवाफको पूर्णपाठ]

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत पुगेर अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिएका छन् ।

जवाफमा प्रधानमन्त्री ओलीले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गर्दै अदालतको अवहेलना कहिल्यै नगरेको बताएका छन् । “निवेदनले संविधान र कानून विपरित अदालत र इजालसमा पक्ष, न्यायाधिस, कानूनव्यवसायी र इजालसमा कार्यरत कानूनकर्मीलाई अपमान गरेको भनी गर्नु भएको विषय समेत तथ्यमा आधारित छैन। मैले राजनीतिक कार्यक्रममा आफ्ना विचार व्यक्त गर्दा सम्माननीय प्रधानन्यायाधीश, माननीय न्यायाधीशहरु, तथा अदालतमा न्याय सम्पादनका लागि कार्यरत कर्मचारी तथा कानुन व्यवसायीमाथि कुनै लाल्छना लगाएको छैन,” प्रधानमन्त्रीको लिखित जवाफको ६ नम्बर बुँदामा भनिएको छ ।

प्रधानमन्त्री ओलीले आफूविरुद्ध परेको अवहेलना मुद्दाको लिखित जवाफ स्वयं लिएर बिहीबार अदालत पुगेका हुन्।

प्रधानमन्त्री ओली विरुद्ध अवहेलनाको मुद्दा दर्ता भएको थियो। गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले ओलीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। प्रधानमन्त्री विरुद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको र बहसलाई तमासा भनेको भन्दै अवहेलनाको मुद्दा परेको हो।

वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै अवहेलना मुद्दा दायर गरेका थिए।

प्रकाशित : बिहिबार, फागुन ०६, २०७७१३:०२

तोकिएकै मितिमा चुनाव हुन्छ, अब चुनावी कार्यमा जुटे हुन्छ : नेता नेम्वाङ