क्रिस मोरिस आइपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी, १६ करोड २५ लाख भारुमा बिके !

दक्षिण अफ्रिकाका अल-राउण्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सबैभन्दा महँगो मूल्यमा बिक्री हुने खेलाडी बनेका छन्। चेन्नईमा जारी १४ औं संस्करणको आईपीएलको लागि भएको मिनी-अक्सनमा मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा खरिद गरेको छ।

७५ लाख बेस प्राइस रहेका दक्षिण अफ्रिकाका अलराउण्डर क्रिस मोरिस १६ करोड २५ मा बिक्रि भएका छन्। गत सिजन रोयल च्यालेंजर्स बैंगलोरलेका लागि खेलेका मोरिसलाई यस सिजनअघि रिलिज गरिएको थियो। यसअघि, रोयल च्यालेन्जर्स बैंगलोरले १६ करोड भारुमा युवराज सिंहलाई किनेको थियो। आईपीएलमा त्यो कुनै खेलाडीको लागि सर्वाधिक मूल्य थियो।

पछिल्लो सिजन बैंगलोरलेका लागि उत्कृष्ट प्रदर्शन गर्दै ९ खेलमा ११ विकेट लिएका थिए। त्यस्तै, इन्डियन प्रिमियर लिग इतिहासमा उनले ७० खेलमा ८० विकेट लिइसकेका छन्।

प्रकाशित : बिहिबार, फागुन ०६, २०७७१६:४८

रोनाल्डो एकदम स्वार्थी खेलाडी हुन्, उसलाई आफूले गोल गर्न मात्र मतलब हुन्छ !