बलिउडको अर्को सेलिब्रेटीले खुशीको खबर सुनाएकी छन्। गायिका नीती मोहन छिट्टै आमा बन्दैछिन्। सामाजिक सञ्जालमा पोष्ट लेखेर उनले यस बारे जानकारी दिएकी हुन्। यसका साथसाथै उनले आफ्ना धेरै तस्विरहरु साझा गरेकी छन्, जसमा उनी बेबी बम्प फ्लन्ट गरिरहेकी छिन्। ४१ वर्षीय नीति मोहन तस्विरमा आफ्नी श्रीमान निहार पांड्यासँग रहेकी छन्। यी जोडीको यो पहिलो बच्चा हो। समुन्द्रको किनारामा दुवैले पोज दिईरहेका छन्। यसैक्रममा नीतिले पहेको रंगको लूज ड्रेस लगाएकी छन्। निहारले लाइट पिंक कलरको शर्टमा जिन्स लगाएका छन्। एक तस्विरमा निहारले नीतिको बेबी बंपलाई किस गारिरहेका छन् र दोस्रो तस्विरमा कपल तीन औँला देखाएर पोज दिईरहेका छन्।

तस्विरमा नीति मोहनले क्यापशनमा लेखेकी छन् ,”१+१=३, हुनेवाला मम्मी, पापा। योभन्दा राम्रो दिन कहिले हुन सक्छ जो कि आज हाम्रो सेकेंड एनिभर्सिरी हो ।” नीति मोहन र फिल्म मणिकर्णिकामा काम गरिसकेका अभिनेता निहार पांड्याले १५ फेब्रुअरी २०१९ मा बिहे गरेका थिए। बिहेको सबै रीतिरिवाज हैदराबादको होटल फलकनुमा प्यालेसमा भएको थियो। नीति मोहन र निहार पांड्याको भएको तस्विर त्यस समय सामाजिक सञ्जालमा भाइरल भएको थियो।

नीति मोहनले ‘स्टूडेंट अफ द ईयर’ फिल्ममा गीत इश्क वाला लवबाट डेब्यू गरेकी थिइन्। यस गीतलाई विशाल शेखरले संगीत गरेका थिए। त्यसपछि उनले फिल्म ‘जब तक जान’को ‘जिया रे’ गीत गाईन्। नीतीले थुप्रै चर्चित गीत गाईसकेकी छन्। नीति संगीतको क्षेत्रमा सक्रिय छिन्। उनको बहिनी शक्ति मोहन र मुक्ति मोहन डान्सको क्षेत्रमा रहेका छन्।

