आज पनि सुनको मूल्यमा भरी गिरावट, पछिल्लो साढे आठ महिनाकै सस्तो !

पछिल्ला केहि दिन यता लगातार घटी रहेको सुनको मूल्य आज पनि ह्वात्तै घटेको छ। स्थानीय बजारमा हप्ताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य प्रतितोला रु १ हजारले ओरालो लागेको छ । बुधबारको तुलनामा बिहिबार ६ सय रुपैयाँले घटेको सुनको भाउ आज शुक्रबार १ हजार रुपैयाँको भारी गिरावट आएको हो।

आज छापावाला सुन प्रतितोला रु ८८ हजार २ सय मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन बिहिबार भने प्रतितोला रु ८९ हजार २ सयमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ८७ हजार ७५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । प्रतितोला रु ८८ हजार ७५० मा बिहिबार कारोबार भएको तेजाबी सुनसमेत तोलामा रु १ हजारले घटेको हो ।

सुन जेठ २७ यताकै सस्तो

शुक्रबारको छापावाला सुनको मूल्य करिब साढे ८ महिना यताकै सस्तो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य जेठ २७ गते यताकै कम हो। यस हिसाबले आज कायम भएको छापावाला सुनको मूल्य २ सय ५२ दिन यताकै कम रहेको छ। त्यस्तै आज कायम भएको तेजाबी सुनको मूल्य पनि जेठ २७ गते यताकै सस्तो रहेको छ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा ३० रुपैंयाले घटेर १ हजार ३ सय ५ कायम भएको छ।

प्रकाशित : शुक्रबार, फागुन ०७, २०७७११:०५

शुक्रबार साढे आठ महिनाकै सस्तो भएको सुनको मूल्य आज बढ्यो ! कति ?