देशमा त ओली र विद्यादेवीको ‘गुण्डाराज’ पो चल्यो: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अहिलेको समयमा प्रधानमन्त्री र राष्ट्रपतिको ‘गुण्डागर्दी’ चलिरहेको आरोप लगाएका छन्। शुक्रबार बाराको सिमरामा कार्यकर्ता भेटघाटको क्रममा दाहालले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक भएकोले यदि प्रतिनिधिसभा पुनर्स्थापना भएण भने तोकिएको मितिमा चुनाव पनि कुनै हालतमा नहुने बताएका छन्। “संसद पुनर्स्थापना भएण भने सरकारले तोकेको मितिमा निर्वाचन पनि हुन्न,” उनले भने, “किनभने ६४ प्रतिशतको जनमत अर्थात दुई तिहाईको बहुमत हामीसँग छ।”

जनता र पार्टी दुबैमा आफ्नी पक्ष मजबूत रहेको बताउँदै प्रचण्डले आगामी चुनाव हुनेमा आफूलाई एक छेउ पनि विश्वास नरहेको बताएका छन्। “जनता र पार्टी दुबैमा हाम्रो पक्ष अब्बल छ। त्यसैले चुनाव हुनेमा हामीलाई एक छेउ पनि विश्वास छैन,” प्रचण्डले भने।

उनले संसद कुनै पनि हालतमा पुनर्स्थापना हुनु पर्ने नत्र भन देश अन्धकार तर्फ धकेलिने चेतावनी समेत दिए। त्यस्तै, प्रतिनिधिसभा पुनर्स्थापना भए लगत्तै ओली पक्षका ९० प्रतिशत नेता आफ्नो समूहमा आउने पनि दाबी गरेका छन्।

प्रकाशित : शुक्रबार, फागुन ०७, २०७७१७:३२

सात महिनामा आठ खर्बको आयात