उपराष्ट्रपति र सभामुख माथि खनिए सूर्य थापा, पदमा टाँस्सिइरहने भन्दै गरे यस्ता प्रश्न !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उपराष्ट्रपति र सभामुख गैरजिम्मेवार बनेको आरोप लगाएका छन्।

शुक्रबार विभिन्न संवैधानिक निकायका पदाधिकारीको सपथमा उपराष्ट्रपति र सभामुख उपस्थित नभएपछि सामाजिक संजाल मार्फत टिप्पणी गर्दै थापाले उपराष्ट्रपति र सभामुख गैरजिम्मेवार बनेको आरोप लगाएका हुन्। शुक्रबार प्रदेश २ प्रमुखको सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएका थिएनन्।

अस्पताल भर्ना भएकाे वा उपस्थित हुन नसक्ने गरी गंभीर स्वास्थ्य समस्यामा रहेकाे अवस्थामा पूर्व जानकारी गराएर बाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवं कर्तव्य र संविधानबमोजिमकाे उपस्थिति स्वेच्छिक हुन नसक्ने थापाको भनाई छ।

बहालवाला उपराष्ट्रपति र सभामुखको यसप्रकारको अनुपस्थिति देख्नेहरूका लागि लाजमर्दो भएको पनि थापाले टिप्पणी गरेका छन्।

थापाले फेसबुकमा यस्तो टिप्‍पणी गरेकाछन् –

अस्पताल भर्ना भएकाे वा उपस्थित हुन नसक्ने गरी गंभीर स्वास्थ्य समस्यामा रहेकाे अवस्थामा पूर्व जानकारी गराएर बाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवं कर्तव्य र संविधानबमोजिमकाे उपस्थिति स्वेच्छिक हाेइन र हुनै सक्दैन ।

पराष्ट्रपति नै राष्ट्रपति भवनमा आयाेजित सपथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघकाे महाधिवेशन उद्घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य) हिड्नु झन् गैरजिम्मेवारी हाे । अझ नबाेल्ने सम्मानित पदमा बसेर यसढंगले गैरजिम्मेवार बन्न त किमार्थ पनि मिल्दैन ।

पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्याधीशहरू, पूर्वउपकूलपति र पूर्वप्रमुख निर्वाचन आयुक्तजस्ता “पूर्वहरू”काे बिजाेग त यसअघि नै सार्वजनिक हुँदै आएकाे अधाेपतन छँदै थियाे ।

बहालवाला उपराष्ट्रपति र सभामुखकाे यसप्रकारकाे अनुपस्थिति, बहिस्कार र कर्तव्यच्यूत रवैया देख्नेहरूका लागि पाे लाजमर्दो भयाे ! गरिमामय पदमा आसीन हुने, तर उक्त पदलाई विपक्षी बनाएर दायर रिटमा पक्षमा बहस गर्न वकिल पठाउने, बाेलाइएकाे बैठकमा उपस्थित नहुने, निर्णय गर्न अवराेध र अर्घेल्याई गर्ने, निर्णयविरुद्ध न्यायालयमा स्वयं रिट लिएर जाने, सपथग्रहण समारोह बहिस्कार गर्ने,अनि पदीय मर्यादा र गरिमाकाे खिल्ली उडाएर नै राज्यका प्रमुख पदाधिकारीकाे स्थानमा बसिरहने/ टाँस्सिइरहने ?

सरकारविरुद्द विभिन्न अनुचित भेटघाट, गाेप्य र रहस्यमय बैठकहरू आआफ्ना निवासमा आयाेजना गरिरहने – याे के रवैया हाे ? राज्यका प्राप्त पद र हैसियत धान्न आवश्यक याेग्यता, क्षमता, हैसियत, जवाफदेहिता र जिम्मेवारीबाेधकाे कमी, अभाव र हैसियतकाे दुरूपयाेगकाे समस्या नै देखिएकाे हाे कि याे खासमा के हाे ?

पद, जिम्मेवारी, कर्तव्य र दायित्व अनि नैतिकताकाे संकटमा उपचार के हुन्छ ?

सचेत नागरिक तहमा उठिरहेका गंभीर प्रश्नहरू !

प्रकाशित : शनिबार, फागुन ०८, २०७७०९:५१

आगामी तीन दिनको मौसम कस्तो रहला ?