विराटनगरमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा कालो झण्डा देखाइएको छ। शनिबार विराटनगर पुगेका बेला प्रधानमन्त्रीलाई कालो झण्डा देखाइएको हो। ओलीलाई प्रचण्ड-माधव समूहका विद्यार्थी नेतासहितको समूहले टोलिले कालो झण्डा देखाएको बताइएको छ।

शनिबार आफ्नो समूहले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न विराटनगर गएका प्रधानमन्त्री ओलीलाई विमानस्थलबाट बाहिरिए लगतै विद्यार्थीहरूको समूहले कालो देखाएको थियो।

प्रधानमन्त्रीलाई कालो झण्डा देखाइएपछि विद्यार्थीहरूको समूहलाई प्रहरीले लखेटेको थियो।

प्रकाशित : शनिबार, फागुन ०८, २०७७१३:३४

“वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ”