काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किएका छन्। नियमित स्वास्थ्य परीक्षण गरी खनाल शनिबार स्वदेश फर्किएका हुन्।
खनाल धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित गत माघ ३० गते नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका थिए। भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा खनालको नियमित स्वास्थ्य परीक्षण गरिएको थियो।
काठमाडौँ आइपुगे लगतै के भने ?
भारतबाट फर्किए लगतै खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिँडेको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार विराटनगरमा गरेको प्रदर्शनतर्फ संकेत गर्दै खनालले देशभर पञ्चभेला गरेको टिप्पणी गरेका हुन्।
पत्रकारहरूसँग त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेर मुलुकमा प्रतिक्रान्तिको थालनी गरेको र देशभर पञ्चभेला गर्दै हिँडेको बताए।
त्यस्तै खनालले भारतमा कुनै पनि नेतासँग भेटघाट नगरेको पनि स्पष्ट पारेका छन्। आफ्नो देशको समस्या आफैं समाधान गर्नुपर्छ भने कसैसँग पनि भेटघाट नगरेको स्पष्ट पारे।
प्रतिधिधिसभा विघटन पश्चात मुलुकमा प्रतिक्रान्तिको थालनि भएको उनले बताए। नेपाली जनता लोकतन्त्र र संविधानको रक्षाका लागि उठिसकेको बताउँदै आफूहरुको आन्दोलन सफलतामा नपुगि विश्राम नलिने उनको भनाई छ। साथै अहिले स्वास्थ्य अवस्था सामान्य रहेको समेत खनालले बताए ।

