आन्दोलन गर्न पैसा छैन भन्ने देउवा माथि रामचन्द्रको यस्तो प्रहार !

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाका कारण ओली अधिनायकवादी बनेको आरोप लगाएका छन्।

आइतबार बिहान सुनसरीमा पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा पौडेलले पार्टी सभापति शेरबहादुर देउवाकै कारण ओली अधिनायकवादी बनेको आरोप लगाएका हुन्।

नेपाल प्रेस सुनसरी सुनसरीले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले ओली अधिनायकवादी बन्नुमा देउवाको पनि भूमिका रहेको सङ्केत गरे। कांग्रेस सभापति देउवाकै कारणले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको उनको टिप्पणी छ।

नेता पौडेलले संसद विघटन गर्ने ओलीको कदम विरुद्ध आन्दोलन गर्न सभापतिले आनाकानी गरेको प्रति पनि बोलेका छन्। पौडेलले आन्दोलन गर्न पैसाभन्दा पनि पार्टी निर्णय र नेतृत्व महत्वपूर्ण हुने बताए।

केहि दिन अगाडी देउवाले जुलुस गर्न आफूहरुसँग पैसा नभएको भन्दै दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै पौडेलले आन्दोलन गर्न पैसाभन्दा पनि पार्टी निर्णय र नेतृत्व महत्वपूर्ण हुने बताएका हुन्। जुलुस, सभा र विरोध प्रदर्शन पैसाले नहुने भन्दै पौडेलले त्यसको लागि पार्टीको संकल्प र निर्णय चाहिने बताए।

“पैसाले गर्ने हो र जुलुस, सभा र विरोध प्रदर्शन? यो त त्यसै हुन्छ। पार्टीको संकल्प र निर्णयले हुन्छ, पैसाले गर्ने होइन।”,उनले भने,”पार्टीले आह्वान गर्ने हो। कार्यकर्ता र जनता जम्मा हुन्छन्। लोकतन्त्रको लडाइँमा जनता र कार्यकर्ता आफैँ आउँछन्। निर्णय र नेतृत्व मात्रै पार्टीले गर्ने हो।”

प्रकाशित : आइतबार, फागुन ०९, २०७७११:३६

संसद विघटन बारे पहिलो पटक बोले सीके राउत !