ग्रहचक्रमा बुधको चाल परिवर्तन, यी राशिका लागि वरदान !

बुद्धि तथा वाणीको कारक बुध ग्रह वर्तमान समयमा मकर राशि र श्रवण नक्षत्रमा गोचर हुँदै गर्दा २१ फेब्रुअरी बेलुका ६ बजेर ३३ मिनेटमा मार्गी हुँदैछ। बुध मार्गी हुँदा परिणामस्वरूप युवाहरूमा सकारात्मक प्रभाव पर्नेछ। उनीहरूले शिक्षा, बैंकिंग क्षेत्र र शेयर बजारबाट पनि राम्रो समाचार प्राप्त गर्नेछन्। मिथुन र कन्या राशिका स्वामी ग्रह बुध मीन राशिमा नीच र कन्या राशिमा उच्च मानिन्छ। यसले सबै १२ वटै राशिमा प्राभाव पार्नेछ….

मेष राशि 

राशिको दशम भावमा मार्गी हुने बुधले कार्य व्यापारमा अप्रत्याशित नतिजा दिनेछ। लाभ मार्ग प्रशस्त हुनेछन्। रोजगारीका लागि गरिएका प्रयासहरू अर्थपूर्ण हुनेछन्। आफ्नो उर्जाशक्तिको पूर्ण उपयोग गर्दै गरेको काम सफल हुनेछन्। शीर्ष नेतृत्वसँग सम्बन्ध बिग्रन नदिनुहोस्। सरकारी क्षेत्रमा गरिएको प्रयास सफल हुनेछ।

वृष राशि 

राशिको भाग्यभावमा मार्गी हुने बुधको कारण भाग्यवृद्धि त हुनेछ नै धर्म तथा आध्यात्मिक क्षेत्रमा पनि गहिरो रुचि रहनेछ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ। यो समय विद्यार्थी वर्गको लागि अत्यन्त शुभ साबित हुनेछ। विदेशी कम्पनीहरूमा सेवाका लागि गरिएको आवेदनहरू सफल हुनेछन्।

मिथुन राशि 

राशिको अष्टम भावमा मार्गी हुने बुधले तपाईंको लागि मिश्रित फल दिनेछ। पारिवारिक कलह र मानसिक अशान्तिको सामना गर्नुपर्नेछ। स्वास्थ्यमा पनि प्रतिकूल असर पर्नेछ, विशेषगरी पेट सम्बन्धि समस्याले सताउन सक्छ। उच्च अधिकारीहरूसँगको सम्बन्ध बिग्रन नदिनुहोस्।

कर्कट राशि 

राशिको सप्तम भावमा मार्गी हुने बुधले एकदम शुभ परिणाम दिनेछ। विवाहित जीवनमा मधुरता आउनेछ। विवाहसँग सम्बन्धित विवाह वार्ता सफल हुनेछ। ससुराल पक्षबाट सहयोगको आशा गर्न सकिन्छ। सरकारी क्षेत्रमा सफलता मिल्ने सम्भावना उच्च रहेको छ।

सिंह राशि 

राशिको छैठौं भावमा बुध मार्गी हुनाले गुप्त शत्रु बढ्नेछन्। स्वास्थ्यमा पनि प्रतिकूल असर पर्नेछ। यात्राको सम्भावना देखिन्छ। यात्रा लाभदायक साबित हुनेछ। अत्याधिक खर्चको कारण आर्थिक संकटको पनि सामना गर्नुपर्ने हुनसक्छ। विद्यार्थी वर्गले राम्रो सफलता प्राप्त गर्नको लागि अधिक परिश्रम गर्नुपर्नेछ।

कन्या राशि 

राशिको स्वामी ग्रह बुध मूल त्रिकोणमा मार्गी हुनु कुनै वरदान भन्दा कम हुनेछैन। विद्यार्थी वर्गको लागी यो समय अत्यन्त शुभ रहनेछ। व्यापारीहरुले पनि सफलताको नयाँ द्वार प्राप्त गर्नेछन्। कुनै प्रकारको नयाँ अनुबन्ध हस्तक्षर गर्नको लागि समय अत्यन्त शुभ रहनेछ। घर जग्गा सम्बन्धि विषयहरूको समाधान हुनेछ।

तुला राशि 

राशिको चतुर्थ भावमा मार्गी हुने बुधले घर तथा सवारी खरिदको योग बनाउँछ तर पारिवारिक कलह र मानसिक अशान्तिको सामना पनि गर्न सकिन्छ। अत्यधिक भागदौडका कारण थकान महसुस हुनेछ। धर्म र अध्यात्मको क्षेत्रमा गहिरो चासो रहनेछ। सामाजिक पद-प्रतिष्ठा बढ्नेछ। रमणीय यात्राको योग रहेको छ।

वृश्चिक राशि 

राशिको पराक्रम भावमा मार्गी हुने बुधको कारण परिवारका सदस्य बीच स्नेह बढ्नेछ। तपाईंको निर्णय तथा गरेको कामको सराहना हुनेछ। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहनेछ। लेखनको क्षेत्रमा रुचि बढ्नेछ। विदेशी कम्पनीहरूमा सेवाको गरिएको लागि आवेदन सफल हुनेछ।

धनु राशि 

राशिको धनभावमा प्रवेश हुने बुधले विभिन्न अप्रत्याशित परिणाम दिनेछ। परिवारका सदस्यहरू बीचको सम्बन्ध बिग्रन नदिनुहोस्। आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्न जरूरी देखिन्छ। आर्थिक पक्ष मजबूत हुनेछ तर विलासिताका सामानहरूमा बढी खर्च हुनेछ। रोजगारीका लागि गरिएका प्रयासहरू सफल हुनेछन्।

मकर राशि 

स्वराशीमा मार्गी हुने बुधले थुप्रै सुखद परिणाम दिनेछ। आफ्नो बोली कौशलको सहायताले कठिन परिस्थितिहरूलाई पनि नियन्त्रणमा ल्याउन सकिन्छ। सरकारको पूर्ण समर्थन हुनेछ। सामाजिक पद प्रतिष्ठा पनि बढ्नेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। विद्यार्थी वर्गको लागि समय अनुकूल रहनेछ।

कुम्भ राशि 

राशिको व्यय भावमा मार्गी हुने बुधले निकै भागदौड निम्त्याउनुका साथै अपव्यय पनि गराउँनेछ। तपाईंको परिश्रम अनुसार सफलता नमिल्न पनि सक्छ। विदेशी कम्पनीहरूमा सेवा वा विदेशी नागरिकताको लागि आवेदन सफल हुनेछ। स्वास्थ्यको ख्याल राख्नुहोस्।

मीन राशि 

राशिको लाभभावमा मार्गी हुने बुधले यस राशिका मानिसको आयमा वृद्धि हुनेछ। लामो समय देखि कसैलाई दिइएको पैसा फिर्ता आउने सम्भावना उच्च रहेको छ। परिवारका सदस्य बीच मेलमिलाप रहनेछ। घर जग्गा सम्बन्ध समस्याको समाधान हुनेछ। सरकारी विभागसँग सम्बन्धित काम सफल हुनेछ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ।

प्रकाशित : आइतबार, फागुन ०९, २०७७१८:५४

१९ वर्षपछि राहु-मंगलको मिलन हुँदा बन्ने भयो यस्तो खतरनाक योग, यस्तो रहनेछ प्रभाव !