फेरी राष्ट्रपतिको आलोचनामा उत्रीइन् रामकुमारी झाँक्री – “राष्ट्रपतिमा गुटको गन्ध आयो”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति सिङ्गो देशको हुन नसकेको टिप्पणी गरेकी छन्।  आइतबार संखुवासभामा पत्रकारहरुसँग कुराकानी गर्दै झाँक्रीले राष्ट्रपति सिङ्गो देश र जनताको हुन नसकेको आरोप लगाएकी हुन्।

खाँदबारीमा पत्रकारको संक्षिप्त भेटघाटका क्रममा उनले राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको बताइन्। राष्ट्रपति भण्डारीमा गुटको गन्ध आइरहेको उनको टिप्पणी छ।

वर्तमान राष्ट्रपति एउटा गुटले संरक्षण गरेर ल्याएको व्यक्ति भएका कारण देश र जनताको भावना र मर्म बुझ्न नसकेको पनि उनेल बताइन्। राष्ट्रपति देश र जनताको भन्दा पनि गुटको पछि लाग्नुलाई उनले दुखद भनेकी छन्।

“एउटा गुटले संरक्षण गरेर ल्याएको व्यक्तिले देश र जनताको भावना मर्म बुझ्न सकिनन्।”,उनले भनिन्,”राष्ट्रपति सिङ्गो देशको भए पनि गुटको पछि लाग्नु दुखद् हो”

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका हरेक कदममा साथ दिएर राष्ट्रपतिले गल्ती गरेको भन्दै झाँक्रीले प्राप्त उपलब्धि गुम्ने खतरा बढेर गएको पनि बताइन्।

“राष्ट्रपतिका कारण हिमाल, तराई पहाड र संविधानका सारा उपलब्धि गुम्ने खतरा पैदा भयो”,उनले भनिन्,”राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ।”

राष्ट्रपति भण्डारीले संवैधानिक राष्ट्रपति भूमिका र नेपाली जनताको अविभावक पूरा गर्ने नसकेको आरोप पनि झाँक्रीले लगाएकी छन्। जनताका छोरा-छोरी प्रतिस्पर्धा तयार रहेको भन्दै झाँक्रीले शीतल निवास छाडेर आउन राष्ट्रपति चुनौती दिइन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी संखुवासभाले शनिबार खाँदबारीमा गरेको विरोध सभामा सहभागी हुन झाँक्रीले खाँदबारी पुगेकी हुन्।

प्रकाशित : आइतबार, फागुन ०९, २०७७१५:३५

“देश बनाउनुपर्छ भन्‍ने सोच राख्‍नेले राष्ट्रका लागि आहूति दिन पनि तयार हुनुपर्छ”