शुक्रले गर्यो राशि परिवर्तन, यी ७ राशि हुनेछन् मालामाल !

समस्त भौतिक सुखको कारक शुक्र ग्रह २१ फेब्रिअरी बिहान २ बजेर ३४ मिनेटबाट कुम्भ राशिमा प्रवेश गरिसकेको छ। यस राशिमा शुक्र १७ मार्च २०२१ सम्म अवस्थित रहनेछ। ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई सौन्दर्य, कला, भौतिक सुख, विवाह इत्यादिको कारक मानिन्छ। कुम्भ राशिको लागी शुक्र ग्रह अत्यधिक लाभदायक हुन्छ। त्यसैले, सात राशिका लागि शुक्रको गोचर निकै लाभदायक साबित हुनेछ।

मेष राशि 

गोचरको प्रभावले लक्ष्मी योगको परिणाम स्वरूप कार्य व्यवसायमा प्रगति हुनेछ। दिइएको पैसा पनि फिर्ता हुने योग छ। विवाह सम्बन्धि वार्ता सफल हुनेछ। दाम्पत्य जीवनमा मधुरता आउनेछ। सन्तान प्राप्तिको योग रहेको छ। वरिष्ठ परिवारका सदस्यहरू तथा भाइहरूमाझ मतभेद उत्पन्न हुन नदिनुहोस्। विद्यार्थी वर्गको लागि समय अनुकूल रहनेछ।

वृष राशि 

यो समयमा तपाईंले शुभ फल प्राप्त गर्न सक्नुहुनेछ। कार्य व्यापारमा प्रगतिका साथै पद-प्रतिष्ठा बढ्नेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। तपाईको कलात्मक शक्तिको विकास हुनेछ। लाभदायक यात्राको सम्भावना छ। विद्यार्थीहरूको लागि यो समय अधिक अनुकूल हुनेछ। सरकारी क्षेत्रबाट लाभ मिल्ने सम्भावना उच्च रहेको छ।

मिथुन राशि 

गोचरको प्राभावले तपाईंको धर्म-कर्ममा रुचि बढ्नेछ। तपाईंले लिएको निर्णय तथा गरेको कामको सराहना हुनेछ। भाग्यवृद्धिका साथै कार्यक्षेत्रमा पदोन्नतीको सम्भावना रहेको छ। नयाँ कार्य तथा कुनै सम्झौतामा हस्ताक्षर गर्नको लागि समय अत्यन्त शुभ रहनेछ। विदेशी कम्पनीहरूमा सेवा वा विदेशी नागरिकताका लागि गरेको आवेदनहरू सफल हुनेछन्।

तुला राशि 

शुक्र ग्रहको यो गोचर तपाईंको लागि कुनै वरदान भन्दा कम हुनेछैन। विद्यार्थी वर्गको लागि समय अन्त्यन्त शुभ साबित हुनेछ। सरकारी सेवाका लागि गरिएको आवेदन सफल हुनेछ। सन्तान सम्बन्धि समस्याबाट छुटकारा मिल्नेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। आर्थिक पक्ष मजबूत रहनेछ।

वृश्चिक राशि 

तपाईंको लागि शुक्रको गोचर शुभ साबित हुनेछ। घर जग्गा सम्बन्धि विषयहरूको समाधान हुनेछ। यदि तपाईं घर वा वाहन खरीद गर्न चाहानुहुन्छ, भने समय अनुकूल रहनेछ। आफन्त तथा साथी-भाईबाट शुभ समाचार प्राप्त हुनेछ। व्यापार व्यवसायको क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ।

मकर राशि 

शुक्र ग्रहको गोचरको प्रभावले सुखद परिणाम मिल्नेछ। आर्थिक पक्ष मजबूत रहनेछ। सामाजिक पद-प्रतिष्ठामा वृद्धि हुनेछ। कसैलाई ऋण दिएको पैसा फिर्ता आउने सम्भावना छ। पारिवारिक जिम्मेवारी बढ्नेछ। प्रयास गरेका कार्य सरलताका साथ सम्पन्न हुनेछ। विद्यार्थी वर्गको लागि समय अनुकूल रहनेछ। प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ।

कुम्भ राशि 

विशेषगरी महिला वर्गको लागि यो गोचर अत्यन्त शुभ साबित हुनेछ। लक्जरी सामानहरूमा खर्च हुनेछ। घर-गाडी खरीदको योग रहेको छ। सरकारी क्षेत्रमा नोकरीको लागि आवेदन दिन अनुकूल समय छ। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राखेर निर्णयहरू लिँदै काम गर्नाले सफलता मिल्ने सम्भावना उच्च हुनेछ। विवाह सम्बन्धि वार्ता पनि सफल हुनेछ।

प्रकाशित : आइतबार, फागुन ०९, २०७७१८:५३

भोलि फाल्गुन १० गते सोमबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् भोलिको राशिफल!