कुनै यात्रामा जानु अघि यी चीज देख्नुभयो भने बुझ्नुहोस् तपाईंको यात्रा शुभ हुने पक्का छ !

चाहे यात्रा कामको शिलशिलामा होस् या घुम्नको लागि हरेक मानिस यात्राको आरम्भ गर्नु अघि आफ्नो यात्रा शुभ र सफल रहोस् भन्ने चाहन्छ। त्यसैले पनि मानिसहरु घर बाहिर निस्कँदा शुभ र अशुभको ध्यान राख्छन्। यात्राको प्रारम्भ गर्नु अघि मिल्ने संकेतका अनुसार मानिसहरू शुभ र अशुभ ठान्दछन्। आज हामी तपाईंलाई यस्तै केहि चिजका बारेमा बताउँछौं जुन चिज तपाईंले यात्रा गर्नु अघि देख्नुभयो भने सोच्नुहोस् कि तपाईंको यात्रा निकै शुभ हुनेवाला छ।

यदि गाई, घोडा, हात्ती आदि पशु देख्नुभयो भने यो यात्राको शुभताको संकेत हो। त्यस्तै, यदि यात्राको लागि जाँदै गर्दा देवको मूर्ति, आगो, ज्वाला, सुन, चाँदी र रत्नहरू आदि देखिन्छन् भने तब तपाईंको यात्रा शुभ रहन्छ।

यदि कुनै प्रकारको यात्रा गर्नु अघि तपाईंले दुवो, ताजा गोबर, औषधि, मुंग, फल, घिउ, दही, दूध देख्नुभयो भने बुझ्नुहोस् कि तपाईंको यात्रा शुभ हुनेवाला छ।

यदि तपाईंले कुनै कामको लागि घरबाट निस्किने क्रममा शंख, ब्याण्ड बाजा तथा मेघ गर्जनको ध्वनि सुन्नुभयो भने यसलाई निकै शुभ मानिन्छ। यस्तोमा यात्राको क्रममा लक्ष्मी प्राप्त हुनेछ।

यात्राको क्रममा मृ-त व्यक्तिको अन्तिम यात्रा, गाईलाई उसको बाछोसँग देखियो भने उक्त यात्रा निकै शुभ हुनेछ। यी चीजहरूको दृश्यले तपाईंको समस्यामा आउने सबै समस्याहरूलाई न-ष्ट गर्दछ।

यस्तो यात्रा धेरै शुभ हुन्छ जब यात्राको समयमा मह वा उखु देखिन्छ। यदि धन सम्बन्धि यात्राको क्रममा यस्तो देखिन्छ भने आर्थिक लाभको सम्भावना रहन्छ।

प्रकाशित : आइतबार, फागुन ०९, २०७७१८:५१

यो हो २३ क्यारेट सुनबाट बनेको संसारकै सबैभन्दा महँगो बिरयानी, दाम सुनेर छक्क पर्नुहुनेछ !