बाबुरामलाई भएको ट्युमर सामान्य कि घातक ? भारत पुगेर दुख व्यक्त गर्दै गरे यस्तो ट्वीट !

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले उपचारका लागि भारत जानुपर्दा आफू लज्जित भएको बताएका छन्। आइतबार भारत पुगेका भट्टराईले त्यहिँबाट एक ट्वीट गर्दै उपचारका लागि भारत जाने जानुपरेकोमा आफू लज्जित र दु:खित रहेको बताएका हुन्।

आइतबार मध्यान्न भारत प्रस्थान गरेका भट्टराई भारत पुगिसकेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका उनी अहिले दिल्ली स्थित नेपाली दूतावासमा छन्। केहि समय देखि उनको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ।

भट्टराई लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आए पनि उनको स्वास्थ्यमा सुधार हुन सकेको छैन । भट्टराईलाई ट्युमर भएको आशंका गरिएको छ। भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमर भएको हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका छन्।

ट्युमर कति घातक छ भन्ने कुरा जाँच गर्न भट्टराई भारत पुगेको बताइएको छ। यसरी ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेश जानुपर्दा लज्जित र दु:खित भएको उनको भनाई छ। पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले उपचारको लागि विदेश जानुपरेको अवस्थामा सामान्य नागरिकको अवस्था के होला भन्ने प्रश्न पनि उनले गरेका छन्।

“धन्यवाद, मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू!अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित/दुःखित छु। २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु सामान्य नागरिकको के होला?”,भट्टराईले ट्वीट गर्दै भनेका छन्।

प्रकाशित : आइतबार, फागुन ०९, २०७७१८:०१

मेलम्ची सुरुङ पुनः परीक्षण गरिने