आज फाल्गुन ११ गते मंगलबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् आजको राशिफल!

मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

विचारको गतिशिलताले  द्विधा का अनुभव गर्नुहुनेछ। दिन तपाईको व्यपारको क्षेत्रमा स्पर्धा युक्त रहनेछ। नयाँ काम शुरु  गर्ने प्रेरणा मिल्नेछ  र कार्य आरम्भ पनि गर्न सक्नुहुनेछ। लेखन कार्यको लागि राम्रो दिन रहेको छ। बौद्धिक तथा तार्किक विचार विनिमयलाई अवकाश मिल्नेछ ।

 

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

दुविधापूर्ण व्यवहारले तपाईलाई मुश्किलमा पार्नेछ। यसकारण महत्वपुर्न समय नगुमाउनु होला। जिद्दी स्वभावलाई त्याग्नुहोला। लेखक, कारगर र कलाकारले   आफ्नो  प्रतिभा देखाउने अवसर प्राप्त गर्नेछन्। अनिर्णायक परिस्थितिमा नयाँ काम सुरु नगर्नुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तन मनको ताजगी अनुभव हुनेछ। घर वा कतै बाहिर साथी तथा परिवारसँग मनपर्ने खाना खाने अवसर मिल्नेछ। राम्रो कपडा लगाएर बाहिर जाने प्रसंग खडा हुनेछ। आर्थिक लाभ मिल्ने योग रहेको छ। मनमा कुनै प्रकारको नकारात्मक भावना प्रवेश नगर्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

खर्च हुने दिन रहेको छ। परिवारको वातावरण पनि राम्रो हुनेछैन। कुटुम्ब मान्छेसँग मतभेदको प्रसंग खडा हुनेछ। मनमा अनेक प्रकारको अनिश्चितताको  कारण मानसिक बेचैनी रहनेछ। कसैसंग वाद- विवाद वा झगडामा पर्नुहुनेछ। गलतफहमीको बारेमा स्पष्टता  गर्नाले कुरा छिट्टै पूरा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

दृढ़ मनबाट निर्णय नलिनुहोला। विचारले तपाईको मनमा अट्कीरहनेछ। मित्र वर्ग र विशेषरुपले स्त्रीले मित्रको तर्फबाट लाभ हुनेछ।  व्यापारमा लाभ हुनेछ। महत्वपूर्ण  निर्णय टाल्नुहोला। सन्तानसँग भेट हुनेछ। भोजन प्राप्त हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

वर्तमान समयमा नयाँ कार्यसँग सम्बन्धित सफल आयोजन तपाई गर्नुहुनेछ। व्यापारी वर्ग र पेसा वर्ग दुवैको लागि दिन लाभदायी रहनेछ। उच्च अधिकारीको कृपा दृष्टिले पदोन्नति हुनेछ। व्यापारमा लाभ मिल्नेछ। गृहस्थ जीवनमा आनन्दको माहोल  रहनेछ। पिताको तर्फबाट लाभ मिल्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

पेसाको ठाउँमा उच्च वर्गको अधिकारीको रिस सहन गर्नुहुनेछ। व्यवसायमा समस्या खडा हुनेछ। सन्तान प्रति चिन्ता खडा हुनेछ। टाढाको बसाई आयोजन हुनेछ। धार्मिक यात्राको योग रहेको छ। लेखन, साहित्य सिर्जन गर्नुहुनेछ। प्रतिस्पर्धिसँग वाद- विवाद टाल्नुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

वर्तमान समय शान्तिपूर्वक समय बिताउनुहोला। रिस पनि काबु गर्नुहोला। अनैतिक कार्यबाट टाढा रहनुहोला। धन खर्च धेरै हुनाले आर्थिक  समस्या अनुभव गर्नुहुनेछ। काम समय मै पूरा हुनेछैन। खानपिनमा ध्यान राख्नुहोला। शारीरिक मानसिक अस्वस्थता रहनेछ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

बौद्धिक तार्किक विचार विनिमयको लागि समय राम्रो रहनेछ। समाजमा सम्मान मिल्नेछ। मित्रसँग भेट हुनेछ। घुमफिर वा मनोरंजन  स्थलको भेट हुनेछ। भोजन र सुन्दर परिधानबाट मन खुशी रहनेछ। शरीरको स्वास्थ्य  राम्रो रहनेछैन।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यापार धन्दामा सफलता मिल्नेछ । कसैसँग लेनदेन सफलतापूर्वक हुनेछ। देश- विदेशमा व्यवसाय गर्ने फाईदा हुनेछ। घरमा परिवारसँग  आनन्दपूर्वक समय बिताउनु हुनेछ।  धन लाभको योग रहेको छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

बौद्धिक शक्तिले लेखनकार्य र सिर्जन कार्य राम्रो रहनेछ। विचार कसैसँग स्थिर रहनेछैन। स्त्री वर्गले  आफ्नो बोलीमा काबु राख्नुहोला।  यात्रा प्रवास नगर्नुहोला। बच्चाको प्रश्नले चिन्तित गर्नेछ। नयाँ कामको सुरुवात नगर्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

परिवारको माहोल बिग्रिन सक्ला त्यसैले वाद-विवाद टाल्नुहोला । आमाको  स्वास्थ्य बिग्रिन सक्छ। धन प्रतिष्ठाको हानि हुनेछ। महिलासँग व्यवहारमा सावधानी राख्नुहोला। ताजगी र स्फूर्तिको  अभाव रहनेछ।

प्रकाशित : सोमबार, फागुन १०, २०७७१८:४१

भोलि फाल्गुन ११ गते मंगलबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् भोलिको राशिफल!