साउदी दूतावासका कारण युवा अलपत्र !

काठमाडौँ – साउदी अरबस्थित नेपाली दूतावासले रोजगारीका लागि जाने नेपाली युवाको प्रमाणित मागपत्र अनलाइन नगर्दा लगभग हजार नेपालीको श्रम स्वीकृति रोकिएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।

वैदेशिक रोजगार विभागले प्रमाणीकरणका लागि तयार गरेको वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) मा प्रमाणित मागपत्र प्रविष्ट नगर्दा हजारौं नेपालीको पूर्वश्रम स्वीकृति रोकिएको हो । साउदी दूतावासले सञ्चालनमा ल्याएको अनलाइन प्रणाली विभागको फेमिससँंग सञ्जालीकृत भइ नसकेको जनाउँदै अनलाइन माग नपठाएको दूतावासको भनाइ छ ।

वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ बमोजिम म्यानपावर कम्पनीको नाममा जारी भएका श्रमिक मागपत्र फेमिसबाट मात्र प्रमाणीकरण गरी अनलाइनमार्पmत नै विभागमा पठाउनुपर्ने व्यवस्था रहेको छ । साउदी अरब दूतावासबाहेकका खाडीका अन्य दूतावासले भने अनलाइनमार्पmत नै मागपत्र पठाउँदै आएका छन् ।

फेमिस वैदेशिक रोजगारसँग सरोकार राख्ने एक दर्जन सरकारी तथा निजी संस्थालाई अनलाइन सञ्जालमा एकीकृत गर्ने प्रणाली हो । वैदेशिक रोजगारीका सबै प्रक्रिया अनलाइनमार्पmत भइरहेका बेला दूतावासले मागपत्र इमेलमार्फत पठाएका कारण पनि दुई महिनादेखि साउदी जाने नेपाली श्रमिकको पूर्वश्रम स्वीकृत हुन सकेको छैन ।

वैदेशिक रोजगार विभागका अनुसार हाल साउदी अरब दूतावासले अनलाइनमार्फत प्रमाणीकरण गरी पठाउनुपर्ने ४४ वटा म्यानपावर कम्पनीका ५ सयभन्दा बढी श्रमिकको माग इमेलमार्पmत पठाएको छ । विभागका एक अधिकारीले करोडौं खर्च गरेर बनाएको फेमिसमार्पmत मागपत्र प्रमाणीकरण सम्भव नहुने बताउँदै साउदी दूतावासका कारण सम्पूर्ण वैदेशिक रोजगार प्रणालीलाई रद्द गर्नुपर्ने अवस्था आएको बताए ।

“साउदी दूतावास फेमिस प्रणालीमा जान मानेको छैन,” विभागका एक अधिकारीले कारोबारसँग भने, “दर्जन निकाय जोडिएको फेमिस प्रणालीबाट कि पछि हट्नुपर्छ कि साउदी दूतावासले अनलाइनमार्फत नै पठाउनुपर्छ ।”

साउदी अरब दूतावासले भने हालसम्म करिब ३ सयभन्दा बढी मागपत्र सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको र तीमध्ये केहीको सूची इमेलमार्फत नेपाल पठाएको जनाएको छ । यसैगरी करिब ५ सयभन्दा बढी मागपत्र स्वीकृत भई पठाउन बाँकी रहेको जनाइएको छ ।

प्रकाशित : मङ्गलबार, फागुन ११, २०७७०७:४०

किन भेटे सेनापतिले प्रधानन्यायाधीशलाई ?