हिजो घटबढ नभएको सुनको मूल्य आज बढ्यो !

काठमाडौँ – सोमबार स्थिर रहेको सुनको मूल्य आज बढेको छ। शुक्रबारको तुलनामा आइतबार बढेपछि सोमबार स्थिर रहेको सुनको मूल्य आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैंयाले बढेको छ। जससँगै नेपाली बजारमा छापावाला सुनको मूल्य ९० हजार १ सय कायम भएको छ। त्यस्तै नेपाली बजारमा आज तेजाबी सुन भने ८९ हजार ६ सय ५० मा कारोबार भइरहेको छ।

यस अगाडी छापावाला सुन आइतबार र सोमबार दुवै दिन ८९ हजारमा कारोबार भएको थियो भने तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैंयामा कारोबार भएको थियो।

गत शुक्रबार भने सुन गत आठ महिनाकै सस्तो भएको थियो। त्यस दिन छापावाला सुन रु ८८ हजार २ सयमा कारोबार भएको थियो भने तेजाबी सुन रु ८७ हजार ७५० मा कारोवार भएको थियो। उक्त सुनको मूल्य जेठ २७ यताकै कम रहेको छ।

चाँदीको मूल्य

आज चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैंयाले बढेको छ। जसपश्चात चाँदीको मूल्य १ हजार ३ सय ६० कायम भएको छ।

प्रकाशित : मङ्गलबार, फागुन ११, २०७७११:०१

नेपाल पूर्वाधार बैंकको शेयर: सकारात्मक सर्किट लागेको केहि समयमै नकारात्मक सर्किट