“ओलीले लोकतन्त्र र संविधान विसर्जन गरे”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपालका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र र संविधान विसर्जन गर्न तर्फ लागेको आरोप लगाएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले ओली लोकतन्त्र र संविधान विसर्जन गर्न तर्फ लागेको आरोप लगाएका हुन्।

‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै प्रचण्डले पार्टी, संविधान र लोकतन्त्रलाई ओलीले विघटन र विसर्जनतिर लागेको आरोप लगाए। धेरै मेहनत गरेर पार्टी एकता गरे पनि प्रधानमन्त्री ओलीले विघटन र विसर्जतिर लैजान खोजेको उनको आरोप छ।

“धेरै दु:ख र मेहनतले पार्टी एकता गरिएको हो। एकताको झन्डा हामी उठाएका छौं। केपीजीले पार्टी, संविधान र लोकतन्त्रलाई विघटन र विसर्जनतिर लैजानुभएको छ। पार्टीलाई फुटतिर लैजानुभएको छ।”,उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतबाट संविधान अनुरुप फैसला आउने विश्वास पनि प्रचण्डले व्यक्त गरे। अदालतले सही फैसला गर्छ भन्ने विश्वासमा आफूहरु रहेको उनको भनाई छ।

उनले भने,”अदालतप्रति विश्वास छैन भनेर मैले भन्न खोजेको छैन। मैले विभिन्न सार्वजनिक सभाहरुमा पनि भन्दै आएको छु कि–अदालतमा मुद्दा छ, अदालतले सही फैसला गर्छ भन्ने हामीलाई विश्वास छ।”

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले मुद्दा हारिसकेको बताए।

प्रकाशित : मङ्गलबार, फागुन ११, २०७७१४:४०

देशभर उच्च सुरक्षा सतर्कता, सुरक्षा निकाय ‘हाई अलर्ट’मा !