“बार्सिलोना एमबाप्पे वा हालाण्ड अनुबन्धन गर्न सक्षम”

एजेन्सी – बार्सिलोनाका प्रत्यासी टोनी फ्रेक्साले किलियन एमबाप्पे र अर्लिङ ब्राउट हालाण्ड मध्ये कुनै पनि खेलाडीलाई अनुबन्धन गर्न सम्भव रहेको बताएका छन्।

एक मिडियासँग कुराकानी गर्नेक्रममा फ्रेक्साले किलियन एमबाप्पे वा अर्लिङ ब्राउट हालाण्डलाई बार्सिलोनामा अनुबन्धन गर्न असम्भव छ भन्न नमिल्ने बताएका हुन्।

कोरोना महामारी पश्चात बार्सिलोना आर्थिक समस्यामा छ। विभिन्न रिपोर्टलाई मान्ने हो भने बार्सिलोना १ अर्ब युरो भन्दा बढी ऋणमा डुबेको छ। जस कारण क्लब महँगा खेलाडी धन्न सक्ने अवस्थामा छैन।

यससँगै बार्सिलोनाले निकट भविष्यमा नाम चलेका कुनै पनि खेलाडी किन्न नसक्ने अनुमान हुन थालेको छ। यसै विषयसँग जोडिएर कुरा गर्नेक्रममा फ्रेक्साले एमबाप्पे वा हालाण्डलाई बार्सिलोनामा अनुबन्धन गर्नै सक्दैन भन्ने कुरा गलत रहेको बताए।

“यो बिल्कुल सम्भव छ। बार्साले गर्नुपर्ने काम नै यहि हो। टिममा जसले फरक पार्न सक्छ, हामीले उसैलाई समावेश गर्नुपर्छ।”,उनले भने। बार्सिलोनाले करिब २५० मिलियनयुरो लगानी गर्ने लगानीकर्ता भेट्टाएको समेत उनले खुलासा गरे। क्लबलाई बलियो बनाउने विषयमा अहिले काम भइरहेको उनले सुनाए।

“क्लबमा रहेको आर्थिक समस्यालाई समाधान गर्न काम भइरहेको छ र हामी भन्न सक्छौं कि हामी एक लगानीकर्तासँग करिब २५० मिलियन युरोको सम्झौता नजिक पुगेका छौं।”,उनले भने।

त्यस्तै फ्रेक्साले मेस्सीको भविष्यको सम्बन्धमा पनि बोलेका छन्। क्लब गुज्रिरहेको अवस्था बारे मेस्सी पनि ज्ञात रहेको उनको भनाई छ। मेस्सीले क्लबको आउँदो निर्वाचन सम्म कुर्ने र त्यसपछि निर्णय गर्ने उनले सङ्केत गरे।

प्रकाशित : मङ्गलबार, फागुन ११, २०७७१६:४०

सुआरेजले रुडीगरलाई चिमोटेपछि … [भिडियो सहित]