हिजो बढेको सुनको मूल्य आजै घट्यो !

काठमाडौँ – बुधबार सुनको मूल्य घटेको छ। मंगलबार बढेको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैंयाले घटेको छ। यस गिरावट पश्चात छापावाला सुनको मूल्य ८९ हजार ८ सय र तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ५० कायम  भएको छ।

यस अगाडी सुनको मूल्य मंगलबार बढेको थियो। मंगलबार सुनको मूल्य तोलामै ११ सयले बढेको थियो। सोमबार सुनको मूल्यमा कुनै घटबढ भएको थिएन। त्यस्तै आइतबार भने सुनको मूल्य तोलामा ८ सय रुपैंयाले बढेको थियो।

आइतबार छापावाला सुन ८९ हजारमा कारोबार हुँदा तेजाबी सुन ८८ हजार ५ सय ५० मा कारोबार भएको थियो। त्यस्तै सोमबार सुन आइतबारकै मूल्यमा कारोबार भएको थियो भने मंगलबार छापावाला सुन ९० हजार १ सय र ८९ हजार ६ सय ५० रुपैंयामा कारोबार भएको थियो।

चाँदीको मूल्य

बुधबार चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य १५ रुपैंयाले घटेर १ हजार ३ सय ४५ कायम भएको छ।

प्रकाशित : बुधबार, फागुन १२, २०७७११:१८

नेप्सेमा पहिरो, तैपनि यी कम्पनीले कमाए !