काठमाडौँ – बुधबार घटेको सुनको मूल्य बिहिबार पनि घटेको छ। बुधबार तोलामा ३ सय रुपैंयाले घटेको सुनको मूल्य बिहिबार पनि घटेको हो।

सुनको मूल्य बिहिबार तोलामा ५ सय रुपैंयाले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस गिरावट पश्चात नेपाल बजारमा छापावाला सुनको मूल्य ८९ हजार ३ सय कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैंयाले घटेको छ। जसपश्चात नेपाली बजारमा तेजाबी सुन प्रतितोला ८८ हजार ८ सय ५० कायम भएको छ।

यस अगाडी छापावाला सुन आइतबार र सोमबार ८९ हजार, मंगलबार ९० हजार १ सय र बुधबार ८९ हजार ८ सय रुपैंयामा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुनको मूल्य आइतबार र सोमबार ८८ हजार ५ सय ५०, मंगलबार ८९ हजार ६ सय ५० र बुधबार ८९ हजार ३ सय ५० रुपैंया थियो।
चाँदीको मूल्य

बिहिबार सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु १० ले बढेर १ हजार ३ सय ५५ कायम भएको छ।

