परिवार चमत्कारको प्रतिक्षामा थियो, न्यायाधिशले मर्न दिन दिए आदेश !

कोभिड-१९ बाट संक्रमित एक आमाले आफ्नो परिवारको इच्छा विपरीत म-र्नु पर्ने एक न्यायाधीशले फैसला सुनाएका छन्। मुस्लिम समुदायकी एक महिला गत महिना बच्चालाई जन्म दिएपछि कोमामा छिन्।

द युनिभर्सिटी हस्पिटल्स अफ लीसेस्टर एनएचएस ट्रस्टले उनको बाँच्न सक्ने सम्भावना निकै कम रहेको कारण उनको लागि कुनै प्रकारको उपचार काम नआउने भन्दै उपचार नगर्न सल्लाह दिएको थियो। उनको परिवारले, जो मुस्लिम हुन्, भगवानले चाहेपछि आफैं उनको जीवन अन्त्य गर्ने भन्दै उपचारका लागि थप समय मागे।

उक्त महिलाको मुद्दाको सुनुवाई संरक्षण अदालतमा मंगलबार भएको थियो, जहाँ आफैले निर्णय लिने मानसिक क्षमता नभएका मानिससँग सम्बन्धित मुद्दाहरूको विश्लेषण गरिएको थियो। एक विशेषज्ञले न्यायाधीशलाई भने कि महिलाको अग्न्याशयले काम गर्न छाडेको छ, एउटा फोक्सो मरिसकेको थियो र डाक्टरले सक्दो प्रयास गरिसकेका छन्। उनले भने,”उनी ठीक हुने सम्भावना छैनको बराबर नै छ।”

सबै डाक्टरका अनुसार उनको बाच्ने सम्भावना शून्य जस्तै रहेको पनि विशेषज्ञले बताए। ३ वर्षीय छोरीकी आमा समेत रहेकी उनीमा थप अर्को रोग पनि रहेको छ- ग्रंथिहरूको एक दुर्लभ विकार जसले आवश्यक हर्मोनहरू उत्पादन गर्छ।

डाक्टरहरुले महिलाको बाच्न सक्ने सम्भावना शून्य जस्तै बताएता पनि उनका परिवार भने भगवानको भरोसामा रहेका छन्। ती महिलाकी बहिनीले अदालतलाई भनिन्, “हामी चमत्कारमा विश्वास गर्छौं। जब भगवानले हाम्रो मृ-त्यु लेख्नु भएको छ, तब मात्र हाम्रो अन्त्य हुनेछ। उनलाई उपचार नगर्नु भनेको उनलाई हामीले नै मा-र्नु जस्तै हो।”

न्यायमूर्ति हेडेनले डाक्टरहरूले कानुनी रूपमा उक्त महिलाको जीवन-समर्थनको उपचार प्रदान गर्न रोक्न सक्ने फैसला सुनाएका छन्। आधारित प्रमाण अनुसार डाक्टरले उनको जिन्दगी बचाएको हैन तर उनको मृ-त्युलाई लम्ब्याएको मात्र भएको न्यायाधिशले बताए। यस्तोमा ती महिलालाई मर्यादाका साथ म-र्न दिनु पर्न्ने उनले बताए।

“यो परिवारले चमत्कार खोज्दैछ,” न्यायमन्त्री हेडेनले भने, “यिनी अकथनीय उदासीताको परिस्थितिमा धेरै कान्छी आमा हुन्। फैसलाको उद्देश्य उनको जीवन छोटो गर्नु होइन, तर उनको मृ-त्युलाई लम्ब्याउनबाट रोक्नु हो।”

महिलालाई ३२ हप्ताअघि गर्भवती अवस्थामै कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो। डाक्टरले अपरेसनको मद्दतले उनको पेटमा रहको बच्चाको सफल डेलिभरी गराएका थिए।

प्रकाशित : बिहिबार, फागुन १३, २०७७१८:३७

अब गाउँगाउँमा इजरायको अत्याधुनिक कृषि प्रविधि !