सूर्य थापा भन्छन् – “प्रचण्ड, माधव नेपाल प्रधानमन्त्री बन्न गोरु ब्याउनुपर्छ”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको अर्को खेमाको नेतृत्व गरिरहेका प्रचण्ड र माधव नेपाल दुवै प्रधानमन्त्री बन्ने सम्भावना नरहेको दावी गरेका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपश्चात सत्ता समिकरणका लागि दौडधुप बढिरहेका बेला थापाले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको नेतृत्वमा सरकार बन्ने सम्भावना नरहेको दावी गरेका छन्।

प्रचण्ड र माधव नेपालको नेतृत्वमा सरकार बन्ने सम्भावना शून्य बराबर रहेको उनको टिप्पणी छ। प्रचण्ड र माधव नेपालको नेतृत्वमा सरकार बन्नु र गोरु ब्याएर बिगौती खान खोज्नु एकै भएको थापाले फेसबुकमा लेखेका छन्।

थापा फेसबुकमा लेख्छन्,”पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रित्व) मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात् असम्भव नै छ । यो गोरु ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो ! कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरु हेर्दै जाऔं !”

प्रचण्ड-नेपाल पक्षको दौडधुप

संसद पुनर्स्थापना गर्न सर्वोच्चले आदेश दिएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले अन्य पार्टीहरुसँग छलफल तिब्र बनाएको छ। बुधबार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेटेर प्रधानमन्त्री बन्न अफर गरेक उक्त समूहले बिहिबार जनता समाजवादी पार्टी(जसपा)का नेताहरुलाई भेटेको छ।

बिहिबार बिहान नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड-नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ लगायतसँग छलफल गरेको हो।

प्रकाशित : बिहिबार, फागुन १३, २०७७१२:२६

उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन