छतबाट लडेर एक विद्यार्थीको मृत्यु !

कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर ज्यान गएको छ ।

ज्यान जानेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

“मा-द’क पदार्थ सेवन गरेर छतबाट लडेर बिहान मृ-त्यु भएको देखिन्छ”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “घरबेटीले लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।” प्रहरीले मृ-त-कको घटनास्थल सिल गरेर श-व परीक्षणका लागि महाकाली अस्पताल पुर्याएको छ ।

प्रकाशित : बिहिबार, फागुन १३, २०७७१५:३६

हप्ताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा भारी गिरावट