जस्तो सुकै कदम चाल्न पनि ओली तयार, नेकपा एमाले ब्युँतिने !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूह छाडेर केपी शर्मा ओली समूहमा पुगेका नेता शेरबहादुर तामाङले नेकपा एमाले ब्युँतिन सक्ने बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा तामाङले नेकपा एमाले ब्युँतिन सक्ने सम्भावनाहरू खुला रहेको बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि सबै स्टेप खुला रहेको भन्दै तामाङले आउने एक हप्ता दश दिनमै चित्र देखा पर्ने बताए। प्रधानमन्त्रीले कस्तो कदम चाल्ने र कसरी अगाडी बढ्ने भन्ने विषयमा पार्टी भित्र लगातार संवाद भइरहेको उनको भनाई छ।

उनले भने,”वर्तमान नेकपा वा नेकपा एमाले पनि ब्युँतिन सक्ने सम्भावना छ। प्रधानमन्त्रीका लागि सबै स्टेप खुला छन्, हप्ता दश दिनभित्रै चित्र देखापर्छ।”

प्रधानमन्त्री संसद सामना गर्न तयार रहेको उनको दावी छ। सके बहुमत पुर्याएर सरकार बनाउन प्रचण्ड-नेपाल पक्षलाई उनले चुनौती पनि दिए। प्रचण्ड-नेपालले केहि गरी सरकार बनाइहाले पनि ६ महिनामै सबैभन्दा कमजोर सरकार प्रमाणित हुने उनले दावी गरे।

“प्रचण्डसँग बहुमत छ भने सावित गरे भैगो, क-कसलाई साथमा लिने हो, नयाँ सरकार बनाए हुन्छ। बहुमत पुर्याएर सरकार बनाए पनि केही छैन, ६ महिनामै सबैभन्दा कमजोर सरकार प्रमाणित हुनेछ।”,उनले भने।

पछिल्लो समय सत्ता समिकरणका लागि प्रचण्ड-नेपालले अन्य पार्टी गरिरहेको संवाद बारे पनि तामाङ बोलेका छन्। आफ्नै नेकपाको सरकार ढालेर गैरकम्युनिष्ट नेतृत्वको सरकार बनाउन कुन नैतिकताले दिन्छ भन्ने उनको प्रश्न छ। नेपाली कांग्रेस अहिले सरकारमा जाने तर्फ नरहेको पनि उनले बताए।

उनले भने,”सरकारमा जाने गरि कांग्रेसको मनोविज्ञान बनेको छैन। आफ्नै नेकपाको सरकार ढालेर गैरकम्युनिष्ट नेतृत्वको सरकार बनाउने कुन नैतिकताले दिन्छ?”

प्रकाशित : बिहिबार, फागुन १३, २०७७१८:०८

परिवार चमत्कारको प्रतिक्षामा थियो, न्यायाधिशले मर्न दिन दिए आदेश !