रोनाल्डो फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन्: इब्राहिमोभिक

एसी मिलानका स्टार ज्लाटान इब्राहिमोभिकले ब्राजिलका दिग्गज रोनाल्डोलाई ‘इतिहासका सर्वश्रेष्ठ खेलाडी’ भनेर नाम दिएका छन्। बिहिबार रेड स्टार बेलग्रेड विरुद्धको खेल अघि मिलान फरवार्डले विश्वकप विजेताप्रति आफ्नो प्रशंसा व्यक्त गरे।

इब्राको नजरमा रोनाल्डो एल फेनोमेनो मोडर्न ग्रेट क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी तथा अन्य कुनै पनि खेलाडी भन्दा निकै उत्कृष्ट रहेको बताएका हुन्। ब्राजिललाई २००२ मा विश्वकप जिताउनको लागि प्रमुख भूमिका खेलेका रोनाल्डो नाजारियोले आफ्नो अनौठो प्रतिभाको साथ अरु खेलाडी भन्दा धेरै माथि पुगेको ३९ वर्षीय पूर्व स्विडिस अन्तराष्ट्रियले बताए।

ज्लाटानले डिस्कवरी प्लसलाई भने, “मैले रोनाल्डोलाई वर्णन गर्न आवश्यक छैन,’द फेनोमेनन’।” म सँधै भन्छु कि तपाईसँग खेल खेल्ने खेलाडीहरू हुन्छन् र यस्ता खेलाडीहरू जो स्वयम् नै खेल हुन्छन्। मेरो लागि रोनाल्डो खेल हुन्। जब तपाईं रोनाल्डोले खेलेको देख्नुहुन्छ, सबैजना उनको जस्तै खेल्न चाहन्छन् र उनी जस्तै बन्न चाहन्छन्।”

ज्लाटान थपे, “जसरी उनले खेल्छन्, स्टेपओभर गर्छन्। उनको ‘द स्नेक’। मेरो लागि उनी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन्।” रोनाल्डोले आफ्नो पेसागत करियर १९९३ बाट क्रुजेरियोबाट शुरू गरे र पीएसभी, बार्सिलोना, इन्टर, रियल म्याड्रिड, मिलान र कोरिन्थीयन्सका लागि खेले।

प्रकाशित : शुक्रबार, फागुन १४, २०७७११:५७

हालान्डमाथि १० क्लबको नजर !