२०१४ को विश्वकपमा यति उत्कृष्ट थियो मेस्सीको प्रदर्शन [भिडियो सहित]

२०१४ को विश्वकपमा लियोनल मेसीको व्यक्तिगत हाइलाइटहरूबाट थाहा पाउन सकिन्छ कि उनी उक्त विश्वकप नाजित्नुमा कति अभागी थिए। अर्जेन्टिना ब्राजिलको रियो दि जेनेरियोमा भएको फाइनल खेलमा थियो तर अतिरिक्त समयमा जर्मनी विरुद्ध १-० ले पराजित भयो।

अर्जेन्टिनाको फाइनलसम्मको यात्रामा महत्वपूर्ण खेलाडी थिए लियोनल मेस्सी, बार्सिलोना सुपरस्टारले समूह चरणमा चार गोल गरे। उनले स्विजरल्याण्डसँग राउण्ड अफ १६ को संघर्षपूर्ण खेलमा पनि निकै महत्वपूर्ण भूमिका खेले र टुर्नामेन्टको अन्त्यमा गोल्डेन बलबाट सम्मानित भए।

मेस्सीले आफ्नो देशको साथ कहिल्यै ठूलो उपाधि जित्न सकेका छैनन् र यो कुरा प्रायः कहिल्यै अन्त्य नहुने गोट बहसमा उनको विरुद्धमा प्रयोग हुन्छ। धेरै मानिसका अनुसार मेस्सी उक्त विश्वकपमा गोल्डेन बल जित्न योग्य थिएनन्। फिफाका अध्यक्ष सेप ब्ल्याटरले अक्टोबर २०१४ मा स्वीकारे: “मलाई लाग्छ त्यो निर्णय गलत थियो। समितिको निर्णय पाउँदा म छक्क परें।”

उक्त विवादको बावजुद, फ्यानहरू विश्वास गर्छन् कि २०१४ को विश्वकपमा मेस्सीको प्रदर्शन आफैं बोल्छ र मेस्सी अभागी थिए कि उनले त्यो विश्वकप जित्न सफल भएनन्। धेरै मानिसहरु मेस्सी एक विश्वकप जित्न योग्य रहेको विश्वास गर्छन् भने कोहि अर्जेन्टिनाको टिम त्यति मजबूत नभएको बताउँछन्।

https://twitter.com/i/status/1363786056986988545

मेस्सी आफैंले पनि त्यो विश्वकप भुल्न सकेका छैनन्। मेस्सीले २०१८ मा मुन्डो एल्बिसेलेस्टेसँग कुरा गर्दा भने कि उनी हरेक दिन जर्मनी विरुद्धको हारको बारेमा सोच्छन्।

प्रकाशित : शुक्रबार, फागुन १४, २०७७१९:२९

१९ वर्षको उमेरमा नै रोनाल्डोले पूरा संसारलाई देखाइदिएका थिए कि उनी के चीज हो भनेर [भिडियो सहित]