रियाल म्याड्रिडका फ्लप एडेन हजार्डलाई अहिलेको समयको टप ३ खेलाडीको रूपमा हेरिएको छ, युभेन्टस सुपरस्टार क्रिस्टियानो रोनाल्डो भन्दा अगाडी। यो पूर्व एटलेटिको म्याड्रिड स्टार फिलिपे लुइसका अनुसार हो।
फिलिपे, जसले चेल्सीमा छोटो समयका लागि हाजार्डसँग खेले, का अनुसार बार्सिलोना सुपरस्टार लियोनल मेस्सी, पीएसजी स्टार नेइमार र रियल म्याड्रिड फ्लप एडेन हाजार्ड अहिलेका विश्वका टप ३ खेलाडी हुन्।
युभेन्टस सुपरस्टार क्रिस्टियानो रोनाल्डो, जसलाई फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी मध्ये एक मानिन्छ, भने लुइसको टप ३ मा पर्न सकेनन्।
फ्लेमेन्गो डिफेन्डरको नजरमा म्याड्रिडमा संघर्ष गरिरहेका हाजार्ड अझै पनि नेइमार र लियोनल मेस्सीको साथमा विश्वका सर्वश्रेष्ठ खेलाडी हुन्। लुइसले डेली मेललाई भने, “एडेन र नेइमार मैले सँगै खेलेका सर्वश्रेष्ठ खेलाडीहरू छन् – मेस्सीसँगै।”
उनले पोर्चुगिज दिग्गज क्रिस्टियानो रोनाल्डोलाई भने आफ्नो सूचीबाट बाहिर राखे।