१९ वर्षको उमेरमा नै रोनाल्डोले पूरा संसारलाई देखाइदिएका थिए कि उनी के चीज हो भनेर [भिडियो सहित]

क्रिस्टियानो रोनाल्डो, यो नाम कसैलाई चिनाउन जरूरी छैन। फुटबल इतिहासमै सर्वोत्कृष्ट खेलाडी मध्ये एक नामको क्रिस्टियानो रोनाल्डो। फेब्रुअरी ५, १९८४ मा पोर्चुगलमा जन्मेका रोनाल्डो अहिले फुटबल जगतमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। सन् २००२ बाट आफ्नो खेल जीवनको सुरुवात गरेका उनी अहिले इटालियन महारथी युभेन्टसबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्।

स्पोर्टिंग सिपीबाट २००२ देखि आफ्नो व्यावसायिक करियर सुरु गरेका रोनाल्डो २००३ मा १८ वर्षको उमेरमा इंगलिस क्लब म्यानचेस्टर युनाइटेडसँग अनुबन्धित भए। आफ्नो ६ वर्ष म्यानचेस्टर करियरमा उनले ३ प्रिमियर लिग, १ च्याम्पियन्स लिग, एक क्लब ओल्डकपका साथै व्यक्तिगत रूपमा ब्यालुन डी ओर पनि जिते।

१८ वर्षको उमेरमा बेलायत आएका उनले तत्कालनै आर्नो कला तथा गुण देखाउन सफल भए। उनले आफ्नो क्षमता र प्रतिभाले पूरा विश्वको ध्यान आफूतर्फ आकर्षण गर्न सफल भए। उनको ड्रिबलिंग, स्टेप ओभर निकै आकर्षक थिए। छोटो उमेरमा नै उनले आफ्नो प्रतिभाका साथ पूरा संसारलाई फुटबल जगतमा आफ्नो प्रवेश भएको बताएका थिए। उनले त्यतिबेला नै आफ्नो खेलबाट देखिएका थिए कि उनको नाम पछि गएर इतिहासको पानामा लेखिनेछ।

अहिले उनले क्लब र व्यक्तिगत स्तरमा हरेक उपाधि जितिसकेका छन् भने पोर्चुगल राष्ट्रिय टोलीको तर्फबाट युरो कप र यूइएफए नेशन लिग पनि जितेका छन्। फुटबल इतिहासमा सबैभन्दा धेरै गोल गर्ने रोनाल्डो फुटबल जगतका सर्वोत्कृष्ट खेलाडी मध्ये एक भएकोमा कसैले दुई मत गर्न सक्दैन।

प्रकाशित : शुक्रबार, फागुन १४, २०७७१९:३०

लापोर्टासँग छ मेस्सीलाई बार्सिलोनामै राख्ने मास्टर प्लान