रोनाल्डोको विरुद्ध कहिले पनि छिटै सेलिब्रेट नगर्दा राम्रो, नत्र के हुन्छ शाकिरालाई थाहा होला, हेर्नुहोस् [भिडियो सहित]

क्रिस्टियानो रोनाल्डोले आफ्नो उत्कृष्ट करियरको क्रममा आफ्ना हरेको विरोधी तथा उनीमा शंका गर्नेलाई चुप गराएका छन्। पोर्चुगिज सुपरस्टारले आफूले खेलेको हरेक क्लबमा उनी माथि शंका गर्ने मानिसहरूलाई गलत प्रमाणित गरेका छन्।

२००९ मा त्यो समयको कीर्तिमानी रकम ८० मिलियन युरोमा रियल म्याड्रिड आउँदा उनी क्लबमा सफल हुन सक्ने हुन् कि हैनन् भनेर धेरैले सोचेका थिए। तर उनले सबैलाई गलत प्रमाणित गर्दै क्लब इतिहासकै उच्च गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडी बन्न पुगे। स्पेनिस क्यापिटलमा उनले ४ च्याम्पियन्स लिगका साथै २ लालिगा उपाधि पनि जित्न सफल भए। उनले रियलको लागि ४३८ खेलमा गरेको ४५० गोलको रेकर्ड सायद नै तोडिएला।

रोनाल्डोले दुई पटक कोपा डेल रे उपाधि पनि जिते। २०१०-११ फाइनलमा उनले पेप ग्वार्डीओलाको ऐतिहासिक टिम बार्सिलोनाको विरुद्ध गोल पनि गरे। निर्धारित समयको खेल ०-० को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको ९८ औं मिनेटमा रोनाल्डोले गोल गर्ने निकै सुन्दर मौका पाएका थिए तर उनी गोल गर्नबाट चुके।

दर्शकमा थिइन् बार्सिलोनाका डिफेन्डर पिकेकी गर्लफ्रेन्ड शाकिरा। उक्त क्षणको एक क्लिप अहिले भाइरल भइरहेको छ जसमा शाकिरा रोनाल्डोले गोल मिस गरेपछि खुसी भएको देख्न सकिन्छ। यद्यपि, रोनाल्डोले शाकिरा र उनका बाँकी शंकास्पद व्यक्तिहरूलाई केवल पाँच मिनेट पछि नै मौन बनाए। रोनाल्डोले डी मारियाको क्रसमा सुन्दर हेडिंग गोल गरे। त्यसपछि, क्यामाराले तुरुन्तै शकिरालाई देखायो जो निकै दुखी थिइन्।

खेलमा थप गोल हुन सकेन र रोनाल्डोको एक मात्र गोल रियललाई च्याम्पियन बनाउँन पर्याप्त भयो। त्यसैले, रोनाल्डो भएको खेलमा उनको विरुद्ध छिटै रमाउनु राम्रो नहोला, शकिरालाई पक्कै थाहा हुनुपर्छ।

प्रकाशित : शनिबार, फागुन १५, २०७७१४:०७

“रोनाल्डो भित्र्याएर युभेन्टसले ठूलो गल्ती गर्यो”