आईपीओको नतिजा हेर्नको लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट सञ्चालनमा आएको छ । आईपीओको नतिजा हेर्नको लागि मेरो शेयरको वेबसाइट, सम्वद्ध कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइटबाट आइपिओको नतिजा हेर्दा चापका धान्न नसकेपछि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको हो।
मेरो शेयर वेबसाइट र मोबाइल एपमा समस्या आएको भन्दै लगानीकर्ताले लामो समयदेखि गुनासो गर्दै आएका थिए। जसलाई मध्यनजर गर्दै, शनिबार सिडिएसले सूचना जारी गर्दै अब आइपिओको नतिजा iporesult.cdsc.com.np बाट हेर्न सकिने जनाएको छ।
यसअघिसम्म विभिन्न अनलाइन माध्यमहरुले समेत आइपिओको नतिजा राख्दै आएका थिए। तर केहि दिनयता मात्र लगानीकर्ताको विवरण चुहावट हुने र त्यसबाट दुरुपयोग समेत हुन सक्ने जोखिम हुने भन्दै सिडिएसले तीन वटा मात्र वेबसाइटबाट नतिजा हेर्न मिल्ने व्यवस्था गरेको थियो।