दाल र रोटी स्वस्थ खानाको रुपमा चिनिन्छ । दाल, भात, रोटी र तरकारीको सेवन गर्ने व्यक्तिहरुलाई सबै प्रकारको पोषक तत्व प्राप्त हुन्छ र पेट भर्ने सन्तुष्टि प्राप्त हुन्छ । तर कति मान्छेलाई दालको सेवन गर्दा समस्या हुन्छ। यसको कारण गलत तरिकाले दालको सेवन गर्नु हो। केहि मान्छेमा दाल खानाले पेटसँग सम्बन्धित समस्या हुन्छ। थाहा पाउनुहोस दालसँग सम्बन्धित वास्तविकता:
आयुर्वेदले के भन्छ ?
आयुर्वेदमा भोजनसँग सम्बन्धित नियम बनाउनको लागी शरीरको प्रकृति वा दोषलाई आधार बनाईन्छ। त्यसैले जब तपाई केहि भोजन गर्नुहुन्छ, तपाईको शरीरको प्रकृति पनि प्रभावित हुन्छ र कफ, वात वा पित्त दोष बढ्छ । प्रत्येक अन्नको प्रभाव अलगअलग हुन्छ। जब तपाईले पचाउन नसकिने खानेकुरा खानुहुन्छ यसको प्रभाव पाचन प्रणालीमा पर्छ।
विज्ञको अनुसार रातको खानामा दाल खानु स्वास्थ्य र शरीर दुबैको लागि राम्रो हुन्छ। सामान्यतया रातिको खानामा दाल खाँदा केहि मान्छेलाई अपचको समस्या हुन्छ। रहरको दाल, चना दाल, मटर दाल खानुभन्दा पनि मुंगको दाल खानुहोला किनभने यसलाई चाँडो र सजिलै पचाउन सजिलो हुन्छ ।