हप्ताको पहिलो दिननै घट्यो सुनको मूल्य !

काठमाडौँ, स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य रु ५०० ले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा रु ५०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु ८८ हजार ८०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा रु ८७ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार भएको थियो ।

यस्तै चाँदी आज तोलामा रु १० ले घटेको छ । शुक्रबार तोलामा रु एक हजार ३३५ मा कारोवार भएको चाँदी आज भने रु एक हजार ३२५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

गत कुन दिन कतिमा बिक्यो सुन ?

आइतबार र सोमबार छापावाला सुन प्रतितोला रु ८९ हजारमा र तेजाबी सुन ८८ हजार ५ सय ५० मा कारोबार भएको थियो । मंगलबार छापावाला सुन ९० हजार १ सयमा कारोबार हुँदा तेजाबी सुन ८९ हजार ६ सय ५० मा कारोबार भयो।

बुधबार छापावाला सुनको ८९ हजार ८ सय र तेजाबी सुन ८९ हजार ३ सय ५० थियो। त्यस्तै बिहिबार छापावाला सुन ८९ हजार ३ सय र तेजाबी सुन ८८ हजार ८ सय ५० मा कारोबार भयो भने शुक्रबार छापावाला सुन ८८ हजार ८ सयमा र तेजाबी सुन ८८ हजार ३ सय ५०मा कारोबार भयो।

प्रकाशित : आइतबार, फागुन १६, २०७७११:१३

नेप्सेमा पहिरो: यी कम्पनीका शेयर घटे !