अमिताभ बच्चनको स्वास्थ्य अवस्था खराब, सर्जरी गराउदै!

अमिताभ बच्चनको प्रशंसकको लागि दुखद खबर रहेको छ । बिग बी सोशल मीडियामा निकै सक्रिय रहन्छन्। उनले आफ्नो ब्लग मार्फत जानकारी दिएका थिए कि उनको छिट्टै अप्रेशन हुदै  छ।  ७८ वर्षीय अभिनेताले शनिबार आफ्नो ब्लगमा लेखेका थिए कि ‘मेडिकल कंडिशन.. सर्जरी… र अहिले केहि लेख्न सक्दिन  ।‘

अमिताभले यसबाहेक अरु जानकारी दिएनन् । अमिताभ बच्चनको यो ब्लग देखेपछि उनको प्रशंसक निकै चिन्तित भएका छन्। बिग बी सोशल मीडिया  मार्फत आफ्नो सानोभन्दा सानो कुरा साझा गर्छन्। यधपी अहिलेसम्म उनको केको अप्रेशन भईरहेको यस कुराको जानकारी पाईएको छैन।

योभन्दा पहिला अमिताभ बच्चनले एक ट्वीट गरेर लेखेका थिए – ‘केहि जरूरत भन्दा बढी बढेको छ। केहि  सुधार  हुन लागेको छ । जीवन कालको भोलि हो यो ,भोलि नै थाहा हुन्छ कस्तो रहनेछ यो। ‘ १५ फेब्रुअरीमा अमिताभ बच्चनको फिल्म इंडस्ट्रीमा ५२ पूरा भएको थियो। १५ फेब्रुअरी १९६९ मा अमिताभ बच्चनले फिल्मी दुनियामा  कदम  राखेका थिए। उनले मृणाल सेनको फिल्म भुवन शोममा एक कथनकर्ताको रुपमा डेब्यू गरेका थिए। त्यसपछि उनले एकदेखि अर्को हिट फिल्ममा काम गरे। महानायकको आउँदो फिल्मको कुरा गर्दा ब्रह्मास्त्र, झुंड, चेहरे, मे-डे जस्ता फिल्ममा देखिनेछन्।

प्रकाशित : आइतबार, फागुन १६, २०७७१३:३४

केरुङ नाका भोलिदेखि सञ्चालन हुँदै