गुजरातको अहमदाबाद शहरमा एक विवाहित महिलाले हाँसी-हाँसी साबरमती नदीमा हा-म फा-लेर आफ्नो प्राण त्यागेकी छिन् । उनले आ-त्मह-त्या गर्नुभन्दा अगाडी खिचेको भिडियो सोशल मिडियामा भाइरल भएको छ। भिडियोमा उनले भनेकी छिन्, ‘हेलो, नमस्कार! मेरो नाम आयशा आरिफ खान हो। र म जे गर्न गईरहेको छु त्यो मेरो मर्जीले गर्दैछु। यसमा कसैको दवाव छैन। अब अरु के भनु ? यति बुझ्नुस् कि मलाई भगवानले दिएको जीवन यति नै थियो र मैले यो जीवन धेरै आरामदायी पाए। ए प्यारो नदी, प्राथना गर्छु कि मलाई तिमिसंगै सम्मिलित गर। ड्याडी, कहिलेसम्म लड्नुहुन्छ? केस फिर्ता लिनुहोस् ।’
खबरअनुसार आयशाको विवाह सन् २०१८ मा जालौर (राजस्थान) मा बस्ने आरिफ खानसँग भएको थियो । पिताको आरोप अनुसार आरिफले आयशालाई विवाहलगत्तै देखि दाइजोको निहुमा तनाव दिने गर्थे। बिहे भएको केहि समयपछि नै आरिफ्ले दाइजोको माग गर्दै आयशालाई उनको माइतमा छोडेका थिए। आरिफ र उनको परिवारले डेढ लाखको माग गरेका थिए।