अविश्वासको प्रस्तावबाट हटाए फेरि दुई तिहाई सहित प्रधानमन्त्री बन्ने ओलीको दावी !

झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन्। आइतबार गृहजिल्ला झापा पुगेर ओलीले राजीनामा नदिने बताउँदै अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका हुन्।

गृहजिल्ला झापामा चिनियाँ लगानीको औद्योगिक पार्क शिलान्यास गरेपश्चात कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती मात्र दिएनन् फेरि दुई तिहाई लिएर आउने दाबी गरे।

अविश्वासको प्रस्ताव ल्याएर आफूलाई प्रधानमन्त्रीबाट हटाउन सकेपनि आफू फेरि दुई तिहाई सहित सत्तामा आउने दावी ओलीको छ। पहिला पनि आफूलाई अविश्वासको प्रस्तावबाट हटाएको ओलीले उल्लेख गरे।

“संसदीय दलको नेता केपी ओली हो । म राजीनामा दिन्नँ । तपाईंहरूले मुद्दा लडेर संसद् पुनःस्थापना भएको हो । केपी ओलीलाई हटाएर देखाउनुस् न, अविश्वासको प्रस्ताव राखेर हटाएर देखाउनुस् । पहिला पनि अविश्वासको प्रस्तावबाट हटाएको हो, हटाउन सक्नुभएछ भने म फेरि ३ करोड नेपालीबाट निर्वाचित भएर आउँछु।”,ओलीले भने।

सर्वोच्च अदालतले संसद विघटन गर्ने फैसला गरेपछि प्रचण्ड-नेपाल सरकार बनाउन विभिन्न ठाउँमा धाउन थालेको देखेर अचम्म नलागेको पनि बताएका छन्।

उनले भने,”विमानस्थलमा ओर्लेपछि सेक्युरिटीले कहाँ जाऊँ भन्दा साथीहरूले बूढानीलकण्ठ लागेछन्, नन्दी भृंगी जम्मा भएर सरकार बनाऔं भन्ने प्रस्तावमा पार्टीमा छलफल गर्नुपर्ने भनेपछि प्रस्ताव लिएकाहरू अँध्यारो मुख लगाएर फर्के। अर्को ठाउँमा गएर सबै मिलेर जाऊँ भन्दा तपाईंहरू कुन पार्टीबाट आउनुभएको भनेपछि झस्याङ्ग भए नेताहरू ।”

त्यस्तै ओलीले देशको विकास देखेर केही मानिसहरू जलेको पनि बताएका छन्। विकासको लहरसँगै देशमा समृद्धि आएको देखेर केहि मानिसहरु जलेको उनको भनाई छ।

ओलीले भने,”केही मानिसहरू विकास देखेर जलेका छन्। विकासको लहरसँगै देशमा समृद्धि आएको देखेर जलेका छन्। उनीहरूलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ सुन्दै छटपटी हुन्छ।”

प्रकाशित : आइतबार, फागुन १६, २०७७१६:५९

साँखुकी एक किशोरीले ‘आफ्नै काकाबाट ब-ला’त्कृत भए’ भन्दै मागिन सहयोग!