काठमाडौँ, साँखु घर भएकी एक किशोरीले आफु एकाघरका पुरुषबाट ब-ला-त्कृत भएको बताएकी छिन्। १८ वर्षीया किशोरीले सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेखि सहयोगको याचना गरेकी छिन् । उनले आफ्नै काकाले ब-ला-त्कार गरेको आरोप लगाएकी छिन्।
किशोरीको अनुसार आरोपी अहिले फिनल्यान्डमा रहेका छन्। साथै आरोपीले उनलाई पनि त्यही लैजान खोजेको बताएकी छिन् । उनले सामाजिक संजालमा यस्तो स्टाटस लेखेकी छिन्, ‘उसले मला एक वर्ष पहिले दुई पटक क-रणी गरे र त्यसबारे कसैलाई नभन्न ध-म्की दिएको थियो। तर मैले बुबालाई भने, उहाँले पारिवारिक कुरा भएकोले बाहिर नभन्न भन्नुभयो।’
सामाजिक संजालमा सो कुरा सार्वजनिक गरेपछि आफ्नो ज्यान ख-त’रामा रहेको किशोरीले बताएकी छिन्। उनले आफुलाई घर बाहिर निकाल्न आग्रह गरेकी छिन् । यस घटनाबारे महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

