गैरकानुनी कार्यमा सबै भन्दा बढी चिनियाँ सक्रिय, यति धेरै संख्यामा देश निकाला !

काठमाडौँ – पर्यटकलगायत विभिन्न भिसामा प्रवेश गरी नेपालमा बसेर गैरकानुनी कार्यमा संलग्न भएको पाइएपछि सरकारले ३ सय ३२ जना विदेशी नागरिकलाई देश निकाला गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

सन् २०२० भित्र विभिन्न २० मुलुकमा ती विदेशी नागरिकले भिसामा आएर विभिन्न गैरकानुनी धन्दा गरेको पाइएपछि अध्यागमन विभागले देश निकाला गरेको हो । देश निकाला हुनेमा सुन तस्करीदेखि मानव बेचविखनसम्मका १७ प्रकारका कसुरमा संलग्न छन् ।

विभागका अनुसार पर्यटक वा गैरपर्यटक भिसामा नेपाल प्रवेश गरी विभिन्न आपराधिक गतिविधिमा संलग्न विदेशी नागरिकलाई देश निकाला गरिएको हो
विभागका अनुसार भिसा विपरीतको कार्यमा संलग्न १ सय ६४, ओभरस्टे (समयावधिभन्दा बढी बसेका) ९२, शंकास्पद राहदानीमा संलग्न १३ र लागु औषधमा ९, जाली राहदानीमा ८ तथा बिना भिसा नेपाल प्रवेश गरेका ७ जना विदेशी छन् । त्यसैगरी आन्दोलनमा सहभागी भएका ३, चोरीमा २, मानव तस्करीमा ३, सुन निकासी पैठारीमा २, विदेशी मुद्रा अपचलनमा २, राहदानी दुरुपयोगमा संलग्न ३ तथा राजस्व चुहावट तथा बैंकिङ कसूर, अभद्र व्यवहार लगायतमा संलग्न १३ जना छन् ।

भिसा नियमित (भिसा शुल्क नवीकरण नगरी) नेपालमा बसोबास गरेका विदेशी नागरिकले भिसाको उद्देश्य विपरित कार्यमा लागेका नागरिकलाई देश निकाला गरिएको विभागको भनाइ छ । अध्यागमन विभागका निर्देशक टेकनारायण पौडेलले भिसा लिएर नेपाल प्रवेश गरी गैरकानुनी काम गरिरहेका ३३२ जना विदेशी नागरिकलाई देश निकाला गरिएको जानकारी दिए । विभागले देश निकाला गरेकामा ओभरस्टे र भिसा विपरित कार्यमा संलग्न भएका सबै भन्दा बढी छन् ।

अध्यागमन कानुनले विदेशी नागरिकले नेपालमा प्रवेश गर्दा पर्यटक भिसाका नागरिकले दैनिक ३ अमेरिकी डलर तिर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । पछिल्लो सयम भिसा लिएर नेपाल प्रवेश गर्ने तर भिसा विपरितका कार्यमा संलग्न भएका १ सय ६४ विदेशी नागरिकलाई विभागले निष्काशन गरेको हो ।

सामान्य समयमा भिसा शुल्क, भिसा नियमित (नवीकरण), दण्ड जरिवानाबाट अध्यागमन विभागले औसतमा वार्षिक साढे २ अर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन गदैं आएको छ । “यसरी भिसा नियमित नगर्दा राज्यलाई प्राप्त हुने राजस्व प्राप्त नहुने तर विदेशी नागरिकले व्यतिmगत लाभ भने प्राप्त गरिरहेको हन्छ,” विभागका निर्देशक पौडेलले भने, “भिसा विपरीतको कार्य गर्नेलाई अध्यागमन कानुनले अपराध ठह-याउँछ ।”

निष्काशनमा पर्नेमा सबैभन्दा बढी चिनियाँ नागरिक छन् । गैरकानुनी गतिविधिमा संलग्न भएका २ सय २६ चिनियाँ नागरिक निकालामा परेका छन् ।

यस्तै बंगलादेशका १८, अमेरिकी ८, इरानका ७ र भियतनामका ७ जना पनि देश निकालाको कारबाहीमा परेका छन् । अध्यागमन कानुनले ‘पर्यटक’ भन्नाले कम्तीमा एक रात वा २४ घण्टा नेपालमा बस्ने विदेशीलाई सम्झनु पर्छ’ भनी परिभाषित गरेको छ । विभागले विदेशी नागरिकलाई अध्यागमन नियमावली २०५१ अनुसार पर्यटक, गैरपर्यटक, कूटनीतिक लगायत गरी ११ प्रकारको भिसा दिँदै आएको छ ।

प्रकाशित : सोमबार, फागुन १७, २०७७०७:३२

कोरोनाखोपले नेपालीमा खासै ‘साइडइफेक्ट’ देखाएन !